Breaking News

पाँच वर्षमा नमुना वडा बनाउछु : वडा अध्यक्ष गिरी ।।

Sep Mon 2022 06:58:39

275 views

पाँच वर्षमा नमुना वडा बनाउछु : वडा अध्यक्ष गिरी ।।

कालिकोट : 


सान्नी त्रिवेणी गाउँपालिका १ का वडा अध्यक्ष वैकुण्ठराज गिरीले  वडा नं १ लाई नमुना वडा बनाउने बताएका छन । वडा नं १ का नागरिकहरुको आधारभुत आवश्यकता पूरा गरि वडालाई नमुना वडा बनाउने उनले बताएका छन । 


वडा नं १ लाई नमुना वडा बनाउनका लागि शिक्षामा परिबर्तन ल्याउनु पहिलो आवश्यकता रहेको र शिक्षामा देखिएको लापर्वाहिको अन्त्य गर्नका लागि आफुले वडा बाट नै सुरुवात गर्ने बताए । वडा नं १ मा रहेका सामुदायिक विद्यालयको अबस्था सुधार्नका लागि विद्यालयका प्रह र विव्यस सँग पटक पटक छलफल गर्दै आएको वताए । 


गुणसतरिय शिक्षा लागू गर्नका लागि कहाँ नेर के कमजोरि भएको छ यसको खोजि गर्न तिर लागेको छु । उनले भने, प्रह र विव्यस सँग यसका बिषयमा पटक पटक छलफल गर्दै आएको छु । आफुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि सबैको सल्लाह सुझाबलाई लिएर अगाडि बढेको वताए । 


विद्यालयमा चाहिने आधारभुत शैक्षिक सामाग्रिको व्यवस्थापन गर्नका लागि वडाले पहल थालेको र आर्थिक स्रोत जुट्न नसकेमा आफ्नो लगानिवाट पनि खेलकुदका सामाग्रि वितरण गर्ने वडा अध्यक्ष गिरीले बताए । वडाका हरेक गलत गतिविधिलाई कानुनमा टेकेर रोक्न खोज्दा कतिपयले आफुलाई बालेन पनि भन्ने गरेको बताए । 


उनले वडा नं १ लाई नमुना वडा बनाउनका लागि आफु बालेन बन्न पनि तयार रहेको बताए । वडा नं १ लाई नमुना वडा बनाउनका लागि आफु निर्वाचित भएदेखि अहिले सम्म वडा कार्यालयको आफ्नै भवनका लागि जग्गा खरिद प्रक्रियालाई अगाडि बढाएको, १ नं का जनप्रतिनिधिले महिनामा २ दिन स्रमदान गर्ने, प्रतेक व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने , सार्वजनिक सम्पतिको दुरुपयोग गर्न नदिने, हरेक योजनाको अनुगमन तथा सार्वजनिक सुनुवाई गर्ने, खेल क्षेत्रको पहिचानका लागि पालिका सतरिए एउटा टिम बनाउने लगाएतका कामको थालनि गरिसकेको गिरिले बताए  ।



शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानि सरसफाई, पर्यटन, विभिन्न क्षेत्रको विकासका लागि कामहरु थालनि गरिसकेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर