Breaking News

बालवालीका सम्बन्धि राष्टिय नितीको बारेमा स्थानिय बाल अधिकार समितिको जिम्मेवारी सम्बन्धी ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Sep Sun 2022 10:29:06

74 views

बालवालीका सम्बन्धि राष्टिय नितीको बारेमा स्थानिय बाल अधिकार समितिको जिम्मेवारी सम्बन्धी ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।


कालिकोट----

बालवालीका सम्बन्धि राष्ट्रिय नितीको बारेमा स्थानिय बाल अधिकार समितीको जिम्मेवारी सम्बन्धी ३ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको आयोजना र सान्नी त्रिवेणी गाउँपालीकाको समन्वयमा संचालन भएको ३ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको हो । 

सान्नी त्रिवेणी गाउँपालिकाका ९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा गठन गरिएका स्थानिय बाल अधिकार समितिको काम कर्तब्य अधिकार र जिम्मेवारी, बालवालीकाका सवालका बिषयमा ३ दिने सम्म छलफल तथा प्रशिक्षण दिइएको हो । सादा नेपालका परियोजना संयोजक दलशिंह कुमाल फिल्ड सुपरफाइजर केबल बहादुर बम ,वडा न. १ देखि ९ सम्मका वडा अध्यक्ष, न्यायिक समितिका सदस्य लगाएतको कार्यक्रममा उपष्थिती रहेको थियो । 

वाल संरक्षणका बिषयमा ३ दिन सम्म वाल हिंसा वाल श्रम वाल विवाहा जस्ता दुरुपयोगहरु लाइ अन्ते गर्ने मुख्य कार्यक्रमको उदेस्य रहेको फिल्ड सुपरफाईजर केवल बमले बताउनुभएको छ । बालबालिकाको लागि वडा अध्यक्ष तथा गाउँपालिकाले कस्तो निति बनाउनु पर्छ, उनिहरुको क्षेत्रमा कसरी काम गर्न सकिन्छ, बालवालिका सम्वन्धि वनेका ऐन, निति नियम र महासन्धि, लगायतका विषयमा प्रशिक्षक जगदिश शिंहले प्रशिक्षण दिनु भएको थियो । स्थानिय बाल अधिकार समितिले गर्नु पर्ने कामहरुका विषयमा समेत जानकारी गराई अव बालबालिकाको हक हितका लागि वडा सरकारले कसरी काम गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको हो । 

कार्यक्रमको समापनमा वोल्दै वडा नं. ४ का वडा अध्यक्ष देव नाथ योगीले पछिल्लो समय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सादा नेपाल संस्थालाई धन्यवाद सहित आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो विगतलाई सम्झीदै आफु बालक हुँदा यस्ता कार्यक्रम तथा जनचेतना नसुनेको र अहिले थुप्रै कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम आउदा बालबालिका भनेका को हुन भन्ने कुरा प्रष्ट भएको बताउनु भयो । 

वडा अध्यक्ष तथा स्थानिय बाल अधिकार समितिका संयोजकहरुले बालबालिकाको हक हित र उनिहरुको संरक्षणका लागि पालिकाले छुट्टै कार्यक्रम ल्याउने र सादा नेपाल जस्तै अन्य संस्थासँग पनि समन्वय गरेर जाने बताएका छन । उनिहरुले बालवालिका भविस्यका कर्णदार र बर्तमानका साझेदार हुने भन्ने कुरालाई मध्यनजर गर्दै बालमैत्रि वडा बनाउने गरि लागि पर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर