Breaking News

रास्कोट ३ का ९३ वर्षिय योगीको २ किस्ता सामाजिक सुरक्षा भत्ता गायब ।।

Sep Fri 2022 11:22:33

280 views

रास्कोट ३ का ९३ वर्षिय योगीको २ किस्ता सामाजिक सुरक्षा भत्ता गायब ।।

कालिकोट  –रास्कोट नगरपालीकामा सामाजिक सुरक्षा भत्तामा लाप्रवाही देखीएको छ ।

वडा नम्बर ३ को वडा कार्यालयले एक जेष्ठ नागरिकको दुई किस्ता रकम गायब गरेको पाइएको छ ।

वडा नम्बर ३ निवासी जेष्ठनागरिक ९३ वर्षिय पदमनाथ योगीको वडा कार्यालयले दुई किस्ता रकम खातामा नहालेर गायब गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा पहिलो र दोस्रो किस्ताको रकम नआएको तर, तेस्रो र चौथो किस्ता मात्र खातामा आएको वैंक स्टेडमेन्टमा देखिन्छ ।  यो भन्दा पहिला निरन्तर आफुले भत्ता पाउदै आएको अहिले आएर वडा कार्यालयले रकम गायब गरेको पिडित योगीले गुनासो गरेका छन । दुई किस्ता वाफतको रकम २४ हजार  वडा सचिवको लाप्रवाहीको कारण पाउन नसको पिडित योगीको भनाई छ ।

कर्मचारीको चरम लाप्रवाहीले गर्दा म मात्र हैन म जस्ता वृद्धवृद्धा र बालवालीकाको सामाजिक सुरक्षा भत्ता पाउन समस्या रहेको बताए ।

पिडित योगीले वैंकमा पैसा निकाल्न जादा रकम नभेटिएपछी उनले नगरपालीकाको न्यायीक समितिमा उजुरी समेत दिएका छन् ।

एकै नामका दुई जना भएकाले रकम अर्को खातामा गएको सोही वडाका वडा सचिव लालबहादुर शाहीले बताएका छन् ।

वडा सचिव शाहीले एक किस्ताको रकम मात्र खातामा हाल्न वाँकी थियो । दुई किस्ताको रकम छुटेको हैन् एक किस्ताको रकम मात्र खातामा हाल्न सकिने बताएका छन ।  शाहीले वडा कार्यालयको कमजोरी भएको स्वीकार्यका छन् ।

छुटेको रकम हामिले नगरपालीकाबाट हाल्न सक्दैनौ, अर्को नाममा गएको रकम असुली गराएर रकम भुक्तानी गरिदिने बताए ।


उता रास्कोट नगरपालीकाले वडा कार्यालयको लाप्रवाहीले गर्दा रकम खातामा जान नसकेको बताएको छ ।

हामिले वडा कार्यालयको विवरण अनुसार लाफग्रहीको खातामा निरन्तर  रकम हाल्ने गरेको पञ्जीकरण शाखा प्रमुख हुकुम शाहीले बताएका छन । उनका अनुसार यो कमजोरी सम्बन्धित वडा कार्यालयको नै हो । छुटेको दुई किस्ताको रकम फेरी खातामा हाल्न नसकिने शाहीको भनाई छ ।

 सामाजिक सुरक्षा भत्ता पाउनमा यहाँका स्थानिय नागरिक हरु हैरानी खेपिरहनु परेको छ ।कतै मृत्यु भइसकेकाको रकम आइरहने तर, सेवाग्राहीले नपाउने देखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर