Breaking News

सान्नी त्रिवेणि गाउँपालिकामा अन्तरास्ट्रिय बेपत्ता दिवस मनाईयो ।।

Aug Tue 2022 05:00:23

123 views

सान्नी त्रिवेणि गाउँपालिकामा अन्तरास्ट्रिय बेपत्ता दिवस मनाईयो ।।

कालिकोट--- 


जिल्लाको सान्नी त्रिवेणि गाउँपालिकामा अन्तरास्ट्रिय बेपत्ता दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटि सान्नी त्रिवेणि उपशाखाको आयोजनामा दिवस मनाईएको छ । सान्नि त्रिवेणि उपशाखाका सदस्य पहलमान बमको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसि विशिष्ट अतिथि उपाध्यक्ष पार्वति शिह संज्याल अतिथिमा  वडा नं ५ का वडा अध्यक्ष रामराज बम ४ का अध्यक्ष दमन नाथ योगि रेडक्रसका प्रतिनिधि लगायतको उपस्थितिमा दिवस मनाईएको हो । 


२०५२ साल देखि २०६३ साल सम्मको जनयूद्दमा र अन्य  विभिन्न घटनामा बेपत्ता भएका व्यक्तिहरुको सम्झनामा आज बेपत्ता विरुद्दको दिवस मनाईएको हो । घरको नेतृत्व गर्ने मान्छे नै वेपत्ता भएपछि राज्यवाट पाउनु पर्ने हरेक सेवा सुबिधावाट बञ्चित हुँदै आएको बेपत्ता परिवारका कुशल नाथ योगिले बताउनु भयो । रेडक्रसले वेला वेला आफुहरुलाई सम्झिने गरेको र विभिन्न तालिमहरु दिदै आएको प्रति खुसि ब्यक्त गर्नु भयो  । 



कार्यक्रममा बोल्दै उपाध्यक्ष पार्वति शिंह संज्यालले बेपत्ता सहिद परिवारलाई पलिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । सान्नि त्रिवेणि गाउँपालिकाले सहिद बेपत्ताको लागि आयआर्जन र सिपमुलक तालिमका लागि १० लाख रकम विनियोजन गरेको बताउनु भयो । 


बेपत्ता छानविन आयोगले पनि अहिले सम्म प्रतिबेदन ल्याउन नसकेको प्रति गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले दुख ब्यक्त गर्नु भयो  । गाउँ गाउँमा जनताको अधिकार ल्याउनका लागि केन्द्रको अधिकार गाउँ सम्म पुगाउनका लागि योगदान गरेकालाई सान्नी त्रिवेणि गाउँपालिकाले सम्झिरहने बताउनु भयो । उहाले सहिद बेपत्ता परिवारको हक हितका लागि सान्नी त्रिवेणि गाउँपालिका सधै साथमा रहने बताउनु भयो । जस्ले यो ब्यबस्था ल्याय उनिहरुको सम्मान र उनिहरुको परिवारलाई उचित सहयोग पनि गर्ने बताउनु भयो । 


कार्यक्रमको समापन गर्दै उपशाखा सदस्य पहलमान बमले बेपत्ता परिवरको खोजिमा रेडक्रस मात्र नसक्ने भन्दै सबै मिलेर खोजि गर्नु पर्ने बताउनु भयो । उहाले बेपत्ता भएका परिवारका लागि केही सहयोग गर्न रेडक्रसले काम गरिरहेको र स्थानिय तहले पनि बजेटको सहयोग गर्नु पर्ने बताउनु भयो । 


कालिकोट जिल्लामा मात्र १८ जना बेपत्ता छन भने सान्नी त्रिवेणि गाउँपालिकामा ४ जना बेपत्ता रहेका छन । कार्यक्रमको संचालन रेडक्रस उपशाखा सान्नी त्रिवेणिका सदस्य कलम बमले गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर