कालिकोट– अनिता भारती
२०७९ असार २२ गते
जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकिहरुको आम भेला मार्फत समाजिक परिक्षण गरिएको छ ।
सान्नित्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा – नेपाल ) को सहजिकरणमा गाउँपालिका भित्र रहेका रकु,मेहलमुडी र मुम्रा स्वास्थ्य चौकीको मंगलबार आम भेला मार्फत सामाजिक परिक्षण गरिएको हो ।
सामाजिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीबाट दिइने सेवा प्रवाहको अवस्था,स्वास्थ्य चौकिबाट कुन कुन प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको छ,स्वास्थ्य सेवाबाट नागरिकहरु सन्तुष्टि भए नभएको वारेमा जानकारी गराउदै स्वास्थ्य सस्थामा आएका समस्या तथा चुनौतिका वारेमा परिक्षण गरिएको सादा नेपालका सामाजिक परिचालक निलम गिरिले जानकारी गराउनु भयो । स्वास्थ्य चौकी रकुमा सामाजिक परिक्षणका क्रममा कुपोशित बालबालिका ३४ जना मध्य १६ जना कडा कुपोशित र १८ जना मध्ययम कुपोशित भेटिएका छन । सुत्कुरी लाई स्वास्थ्य संस्थामा ल्याउन स्टेशन नभएको एम्बुलेन्सको समस्या भएको स्वास्थ्य चोकी निर्मार्ण गर्ने ठेकेदारले कामदारको रकम नदिएको र भवन अलपत्र पार्दा समस्या भएको जिल्ला प्रशाशन कार्यालय गुहार्दा गुहार्दे हैरान भएको स्थानियको गुनासो रहेको छ । स्वास्थ्य सेवा प्रबाह गर्ने भन्दा मुद्धा गर्दे अधिकांश समय ब्यतित गर्नु परेको स्वास्थ्य ईन्चार्ज दीर्घ बहादुर नेपालीको गुनासो रहेको छ ।पालिकामा प्रयाप्त बजेट नहुँदा संघ संस्था संग सहयोग को लागि सादा नेपाल र संघ संस्था संग पहल गर्नु पर्ने स्वास्थ्य शाखा संयोजक मीन बहादुर बिष्टले धारणा राख्नु भएको थियो । शुशाशनको खडेरी परेको बेला सामाजिक जागरण तथा बिकास प्रतिष्ठान, सादा नेपाल द्धारा सहजिकरण गरिएको सामाजिक परिक्षण कार्यका लागि पालिका तह जिल्ला प्रदेश र केन्द्र तहमा जस्ताको तस्तै प्रतिबेदन राखेर आबश्यक पहल गरिने सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगीले नियमित रुपमा बार्षिक रुपमा कार्ययोजना निर्माण गरिएका लाई फलोअप र अनुगमन गर्न सादा नेपाल प्रतिबद्ध रहेको बताउनु भयो ।
मेहलमुडी स्वास्थ्य चौकी प्रमुख छत्र हादुर बमका अनुसार खानेपानी को समस्या, बर्थिगं सेन्टर सुरक्षित नभएको राज्यले प्रदान गर्ने भनिएका बिगतमा ३९ प्रकारका औषधी र अपुग हुने अबस्था थियो भने ९८ प्रकारका अत्याबश्यक औषधी पाउनु पर्ने र प्रयाप्तता नभएको स्वास्थ्य कर्मचारीको क्षमता बिकासमा जोड दिनु पर्ने महिला स्वयंसेवकलाई स्वयमसेवकको रुपमा राख्नु न्युनतम शुल्क नहुनु आदि समस्या रहेको तर पालिकामा प्रायाप्त बजेट नहुँदा प्राथमिकताको क्षेत्रलाई सुधार गर्न ठोस कार्ययोजना र प्रतिबद्धता चाहिने हो आफ्नो कार्यकालमा सक्दो प्रयास गरिने गाउँ पालिका अध्यक्ष मोहन बहादुर के.शी.ले बताउनु भएको छ ।
शान्नि त्रिबेणी गाउँपालिका वडानं–२ का वडा अध्यक्ष बसन्त बुढाको अध्यक्षतामा र पालिका स्वास्थ्य शाखा इन्चार्ज मिनबहादु विष्टको प्रमुख आतिथ्यता,सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको विशेष आतिथ्यतामा र स्थानिय सरोकारवालाहरुको उपस्थितीमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयको छ । स्वास्थ्य चौकी रकुमा टोल टोलबाट विरामिलाई स्वास्थ्य चौकिको पहुचमा लैजान स्टेचरको अभाव,तौलका लागि राखिको मेसिनको समस्या भयको आम भेलामा सहभागिहरुले गुनासो गरेका छन । सहभागिहरुको सुझाबलाई मध्यनजर गर्दै वडा नं २ मा रहेको स्वास्थ्य चौकिमा आयको समस्यालाई समाधान गर्न वडा सरकार तयार रहेको वडा अध्यक्ष बसन्त बुढाले बताउनु भयो । पालिकाका स्वास्थ्य शाखा प्रमुख मिन बहादुर विष्टले स्वास्थय शाखामा बजेटको समस्या भयकाले पालिकामा रहेका स्वास्थय चौकिमा केही समस्याहरु आयकाले समस्या समाधानका लागि आफुले पहल गरिरहेको बताय । सामाजिक परिक्षण कार्यक्रममा सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले पालिकामा रहेका स्वास्थ्य चौकिको कार्यालय व्यवस्थापनका लागि र आबस्यक स्वास्थ्य सामाग्री खरिदका गाउँपालीकाले पनि ध्यान दिनुपर्ने भन्दै रकु स्वास्थ्य चौकिमा विरामि बोक्नका लागि स्टेचरको अभाब भयकाले आफुले व्यक्तिगतरुपमा सहयोग गर्ने बताउनु भयो ।
यस्तै सोमबार वडा नं ५ का वडा अध्यक्ष रामराज बमको अध्यक्षतामा स्वास्थ्य चौकि मेहलमुडिमा संचालन गरिको सामाजिक परिक्षण कार्यक्रममा सहभागिहरुले खानेपानि र स्टेचरको समस्या देखायका छन । स्वास्थय चौकिबाट पाउने अन्य सेवाहरु प्रभावकारी भयको सहभागिहरुले बताय । स्वास्थ्य चौकिको सामाजिक पक्षिणका लागि भयको आम भेलामा वडा अध्यक्ष रामराज बमले स्वास्थ्य चौकिबाट प्रदान गरिने स्वास्थय सेवालाई व्यवस्थित र प्रभाबकारी बनाउन यो आ.बमा रु १ लाख रुपैया बिनियोजन गरेको सादा नेपालका फिल्ड सुपरभाईजर केबल बहादुर बमले बताउनु भयो ।
यस्तै स्वास्थ्य व्यवस्थापन समितिका सदस्य नन्दाराम बुढाको अध्यक्षतामा स्वास्थय चौकि मुम्राको आम भेला बाट सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयको छ । उक्त कार्यक्रममा सहभागिहरुले स्वास्थय चौकिबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रबाहमा कुनै समस्या नभयको बताईयको छ । सो कार्यक्रममा स्थानिय अभिभावक,महिला,स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको उपस्थिती रहेको त्यहाँबाट सादा नेपालका सामाजिक परिचालक मंगला उपाध्यायले बताउनु भयो ।