अनिता भारती, कालिकोट------
कालिकोट जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले योजना अनुगमनलाई तिव्रता दिएको छ । आर्थिक वर्षमा सकिन करिव ३ हप्ता वाँकी रहेको वेला गाउँपालिकाका जनप्रतनिधिले योजनाहरुको अनुगमन गर्न थालेका हुन ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भईसकेपछि गाउँपालिकाका जनप्रतिनिधि यतिवेला गाउँपालिकाद्धारा निर्माण भएका विभिन्न योजनाहरुको अनुगमन गर्न थालेका छन । गाउँपालिका अध्यक्ष मोहन बहादुर केशि( महेश) , उपाध्यक्ष पार्वति शिंह गाउँपालिकाका कर्मचारी प्राविधिक लगायतको टोलीले गाउँपालिकाका विभिन्न वडामा भएका गरेका कामहरुको अनुगमन गर्न थालेका हुन ।
अनुगमन टोलीले काव्री खोला सडक खण्ड, बुडगाउँ बर्थिङ सेन्टर, स्वरस्वति आधरभुत विद्यालय गडुलकोट, लाट्यखोाल तडबन्धन, पागरुख सिचाई कुलो लगायतका योजनाहरुको अनुगमन गरिएको उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक पार्वति शिंह बताउनु भयो ।
योजनाहरुको पारदर्शिता, स्टामेट अनुसार काम भए नभएको, योजनाहरुको गुणस्तर लगायतका विषयमा अनुगमन गरिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केशि ( महेशले ) बताउनु भयो । उहाँले अधुरा रहेका योजनाहरु छिटो सम्पन्न गर्न निर्देशन दिनुका साथै गुणस्तर विहिन योजनालाई सचेत गराइएको बताउनु भयो । उहाँले स्टामेट अनुसार गुणस्तरहिन योजनाको रकम भक्तानि नगर्ने समेत बताउनु भएको छ ।