अनिता भारती , कालिकोट-----
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ९विप्लव०ले कालिकोट जिल्ला कारागारमा रहेका कैदी वन्दीलाई आईतवार भेटेका छन ।
महासचिव विप्लवले राजनीतिक रुपमा वन्दी वनाएका आफ्ना पार्टीका नेता कार्यकर्ता दुर्ग वहादुर वोहरा ९दोभान० अन्य कैदि बन्दिलाई भेटेका हुन ।
महासचिवले कारागरको वन्दी गृहवाट वाहिर वोलाएर प्रगणमा भेटेका हुन । भेटमा महासचिव विप्लवले तीन वुदे सहमति भएको लामो समय वितिसकदा पनि राज्यले मुद्धा फिर्ता नलिनु अन्यायपूर्ण भएको बताएका छन ।
कारागारमा रहेका आफ्ना नेता कार्यकर्तालाई राज्यले मुद्धा फिर्ता लिने प्रक्रिया अगाडि वढाईरहेकाले चाँडै रिहा हुने पनि आश्वासन दिएका छन । भेटका अवसरमा महासचिव विप्लवले दोभानकी धर्मपत्नी रामपुरा वोहोराको शनिवार मात्रै दुखत निधन भएकोमा दुख व्यक्त पनि गरेका छन।
कारागरमा भेट्न महासचिव विप्लव संगै नेकपाका सचिवालय सदस्य संतोष वुढामगर,केन्द्रीय सदस्य भरत वम ९रणवीर०, केन्दीय सदस्य आदर्श लगायतका जिल्लाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
5 months ago
6 months ago
6 months ago