Breaking News

बुढीनन्दाका ५ जना मासु व्यवसायि उद्यमिलाई विभिन्न सामाग्री सहयोग ।।

Jun Fri 2022 06:01:33

63 views

बुढीनन्दाका ५ जना मासु व्यवसायि उद्यमिलाई विभिन्न सामाग्री सहयोग ।।


रुकुम योगी, बाजुरा------


जिल्लाको बुढीनन्दा नगरपालिकाले ५ जना मासु व्यवसायि उद्यमीलाई मासु काट्ने सामाग्री सहयोग गरेको छ । बुढीनन्दा नगरपालिका पशु सेवा शाखाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि दर्ता भएक ५ जना मासु व्यवसायिलाई नगरपालिकामा वोलाएर मासु काट्ने सामाग्री सहयोग गरेको हो । 

कोल्टी बजारमा र गाउँ भमा कुखुराका मासु काटेर व्यवसाय संचालन गरिरहेका मासु व्यवसायिलाई उक्त सामाग्री सहयोग गरिएको पशु सेवा शाखा प्रमुख गोकर्ण प्रसाद देवकोटाले बताउनु भयो । सफा स्वच्छ र ताजा मासु विक्री गर्नका लागि आवश्यक सामाग्री सहयोग गरिएको देवकोटाले बताउनु भयो ।

जसमा मुर्गा रड एक एक वटा, स्ट्रे एक एक वटा, ढक तराजु एक एक वटा, ग्यास सिलिण्डर एक एक वटा, एफ्रोन एक एक वटा, माक्स १ थान, गम बुड १ जोडा, बम्फर एक वटा सहयोग गरिएको हो । सामाग्री बुझ्दै राज बहादुर कठाएतले स्थानिय सरकार आएको बल्ल महशुस भएको बताउनु भयो । उहाँले नगरपालिकाले गरेको यो सहयोगले व्यवसाय प्रति थप हौषला मिलेको बताउनु भयो ।

मासु काट्दा यतिका सामाग्री चाहिन्छ भन्ने कुरा समेत आफुलाई नभएको अर्को मासु व्यवसायि गोरे ल्वारले बताउनु भयो । उहाँले नगरपालिकाले विभिन्न सामाग्री सहयोग गरेपछि अव स्वच्छ ताजा र सmिा मासु काटेर वितरण गर्ने उहाँले बताउनु भयो । उहाँले आगामी दिनमा यस्तै सहयोगको खाँचो रहेको बताउनु भयो । 

कार्यक्रममा वोल्दै कार्यवहाक नगर प्रमुख नन्द बहादुर रोकायाले सामाग्रीको सहि तरिकाले सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आज वितरण गरेको सामाग्री सदुपयोग भए नभएको विषयमा नगरपालिका र पशु सेवा शाखाले अनुगमन गर्ने र अनुगमनका क्रममा सदुपयोग नभएको पाइएमा सामाग्री फिर्ता लिने समेत बताउनु भयो । उहाँले अव मासु पसललाई व्यवस्थित बनाएर सफा स्वच्छ र ताजा मासु नियमित रुपमा विक्री गर्न सुझाव दिनु भयो ।

उहाँले मासु विक्री गर्दा मासु पोलेर दिन र मासु काट्ने ठाँमा झिंगा वस्न नदिने वातावरण मिलाउन समेत आग्रह गर्नुभयो । उहाँले मासु व्यवसायिलाई आफ्नो व्यवसायलाई निरन्तरता दिउन भनेर यो सामाग्री प्रोत्सहान स्वरुप सहयोग गरेको बताउनु भयो । उहाँले मासु सफा र स्वच्छ तरिकाले विक्री गरि काट्ने ठाउँमा सरसफाई गरेमा आगामि दिनमा पनि सहयोग गर्ने बताउनु भयो ।  

जथाभावि र दर्ता विना मासु व्यवसाय संचालन गर्ने व्यवसायिलाई कार्वाहि गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताउनु भयो । उहाँले जथाभावि खुल्ला ठाउँमा आफुले पनि मासु नवेच्न र कसैले बेचेको पाइएमा नगरपालिकालाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले खुल्ला ठाउँमा मासु विक्री गर्दा सरसफाई पनि नहुने यसले सरुवा रोग फैलिने भएको हुँदा सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा कार्यवहाक नगर प्रमुख नन्द बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने, वडा नं २ का वडा अध्यक्ष नन्दराज गिरी लगायतका वडा अध्यक्ष पशु सेवा शाखा प्रमुख गोकर्ण प्रसाद देवकोटा पत्रकार लगायतको उपस्थिती रहेको थियो । 

  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर