अनिता भारति कालिकोट -------
कालिकोट जिल्लाको सान्नि त्रिवेणि गाऊपालिका वडा न १ ले ७० वर्ष माथिका जेष्ठ नागिरक र अपांग असक्तहरुका लागि घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको छ । गाउँपालिका र सानिमा वैंक सँग समन्वय गरेर वैक सम्म जान नसक्ने जेष्ठ नागरिक र अपांग असक्तहरुलाई घरमै सामाजि सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
यदि सामाजिक सुरक्षा भत्ता लिन वैंक सम्म नै पुग्नु पर्ने भए वैंक सम्म आउने र जाने गाडि भाडा निशुल्क गर्ने निर्णय गरेको वडा अध्यक्ष वैकुण्ठ राज गिरिले बताएका छन । यस्तै वडा न १ का कोहि पनि नागरिक आपत विपतमा पर्दा सुत्केरि हुन नसक्दा दुर्घटनामा पर्दा वा कुनै विपतमा परेर उपचारका लागि जिल्ला बाहिर जानू पर्ने भएमा गाडि भाडा निशुल्क गर्ने निर्णय समेत गरेको छ ।
वडाका विद्यार्थिलाई प्रतेक वर्ष SEE मा प्रथम र दृतिय हुनेलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा पढ्नका लागि एक जना छात्र र एक जना छात्रालाई प्रतेक वर्ष छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ । नव निर्वाचित वडा अध्यक्ष गिरिले आफ्नो कार्यकालमा नागरिकहरुको हरेक समस्यालाई मध्यनजर गर्दै काम गर्ने र दुखि र गरिवलो साहार वन्ने वताएका छन ।