रुकुम योगी बाजुरा
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले अब गाउँमै कार्यालय स्थापना गरि व्यक्तिगत घटना दर्ता गराउने भएको छ । नगरपालिकाका केही वडाहरुमा सडकको पहुँच नपुगेको र नगरपालिका सम्म पुग्न घण्टौ समय हिडनु पर्ने भएकाले अव गाउमै कार्यालय स्थापना गरि सेवा दिने निर्णय गरेको छ ।
घटना दर्ता तथा पन्चिकरणको कार्यमा जनताले प्रत्येक्ष सहज र जनतालाइ राहत पुगोस भन्ने उदेश्यका साथ वडा न ३,४ को पायक पर्ने ठाउँ र वडा न ७,८,९ र १० को पायक पर्ने ठाउँमा तत्काल अस्थायी कार्यालय स्थापना गरि जनता लाई सेवा सुचारु गर्ने नगर प्रमुख जनक कुमार वोहोराले वताए।
बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहारा प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्ष र कर्मचारी संगको छलफल कार्यक्रममा उक्त निर्णय भएको नगर प्रमुख वोहोराले वताएका छन ।
उनले अव छिट्टै नै पाएक पर्ने स्थान छनौट गरि कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने उनले वताए । नगरपालिकाको पन्जिकरण शाखा वाट प्रदान गरिने सेवाहरु अव पाएक पर्ने स्थान गाउवाटै प्रवाह गर्ने बताए ।