Breaking News

बुढीनन्दा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले गरे सपथ ग्रहण, ।।

May Wed 2022 12:08:42

200 views

बुढीनन्दा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले गरे सपथ ग्रहण, ।।

रुकुम योगी, बाजुरा------


बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिलाई आज नगर प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित नगर उपप्रमुख वडा अध्यक्ष र वडा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ लिएका हुन ।


बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार वोहोरा विशिष्ट अतिथिमा उपप्रमुख राम बहादुर वोहोरा, अतिथिमा निर्वाचन अधिकृत गोकर्ण प्रसाद उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव वोगटि, नेपाली काग्रेंसका जिल्ला कार्य समिति सहसचिव कृष्णराज उपाध्याय, नेकपा माओवादि केन्द्रका नगर कमिटि अध्यक्ष हिक्मत वड निवर्तमान नगर उपप्रमुख सृष्टि रेग्मी, पत्रकार लगायतको उपस्थितीमा निर्वाचित जनप्रतिनिधिलाई सगप ग्रहण गराइएको हो ।


कार्यक्रममा वोल्दै निवर्तमान उपप्रमुख सृष्टि रेग्मीले आफ्नो पालमा गरेका कामहरुले नागरिकहरु सन्तुष्टि वनेको केहि अधुरा रहेका कामहरुलाई निरन्तरता दिन नवनिर्वाचित जन्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले राजनितिक दलभन्दा माथि उठेर साझा दायित्वका साथ काम गर्न आग्रह गर्दै, महिलाहरुको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।


यस्तै राजनितिक दलका नेताहरु, सहदेव वोगटि, कृष्णराज पाध्याय, हिक्मत वडले शुभकामना मन्तब्य दिदै जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकालमा थुप्रै कामहरु गर्नु पर्ने बताउदै आफ्नो निहित स्वार्थका लागि नभएर जनताको भावनाअनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँहरुले आफ्नो यस आरामका लागि जनताले दिएको मतको कदर गर्नका लागि आगामि दिनको वाटो तय गर्नका लागि काम गर्नुपर्ने बताउनु भयो । बुढीनन्दा नगरपालिका विकासका सम्भावना वोकेको नगरपालिका मात्र नभएर थुप्र्रै चुनौतिहरु पनि वोकेको यो अवस्थामा विशेष गरि लाग्न आग्रह गर्नुभयो ।


निर्वाचनलाई शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रवाट सहयोग गर्ने, राजनितिक दल, कर्मचारी, पत्रकार शुरक्षाकर्मि लगायतलाई निर्वाचन अधिकृत गोकर्ण प्रसाद उपाध्यायले धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले निर्वाचन अधिकृत भएर आएको पालिकाले यहाँको विकास र समृद्धिका लागि राम्रो काम गरेको खवर सुन्न पाउने आशा ब्यक्त गर्नुभयो ।


यस्तै उपप्रमुख राम बहादुर वोहोराले जनताले आफुलाई लिएको मतको कदर गर्दै जनतालाई दिने सेवा सुविधामा कुनै पनि कन्जुसाई नगरि लाग्ने बताउनु भयो । उहाँले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका कुराहरु पुरा गर्नुका साथै नागरिकहरुका आवश्यकताहरुका आधारमा आफुहरु काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।


नगर प्रमुख जनक कुमार वोहोराले बुढीनन्दा नगरपालिकाको जनताको जिवन स्तर वदल्नका लागि आफु दिन रात नभनि काम गर्ने बताउनु भयो । उहाँले यहाँका नागकरिकहरुको गास वास कपासको ग्यारेण्टी गर्नका साथै दुखि गरिवहरुको घाउमा मलम लगाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफु पैशा कमाउनका लागि, घर घडेरी किन्नका लागि नभएर जनताको सेवा गर्नका लागि नगर प्रमुख वनेको र सधै जनताको सेवक वनेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।


उहाँले बुढीनन्दा नगरपालिकामा भ्रष्टचारलाई शुन्यमा झार्ने बताउदै कोहि पनि कर्मचारी तथा जनप्रतिनिधिले भ्रष्टचार गरेको पाईएमा तुरुन्त कार्वाही गर्ने बताउनु भयो । उहाँले कर्मचारीहरुलाई निस्वार्थ रुपमा यहाँका नागरिकहरुको सेवामा खटिन आग्रह गर्दै काम गरे वापतको सेवा सुविधा दिनका लागि आफुहरु तयार रहेको तर कसैलाई दुख दिने र पैशा माग्ने प्रबृति देखिएमा कानुनी कार्वाही गर्ने चेतावनि दिनु भयो ।


कार्यक्रमको स्वागत मन्तब्य शिक्षा अधिकृत दयाराम जोशिले राख्नु भएको थियो 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर