अनिता भारती, कालिकोट=----
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भईसकेपछि उपाध्यक्ष धर्मा शाहीले लक्षित वर्गका नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकी छन । बुधवार उनले गाउँपालिकामा रहेका एकल महिला, अपांगता भएका व्यक्ति, अति विपन्न, सहिद परिवारलाई निशुल्क स्वास्थय विमा गर्ने निर्णय गरेकी हुन ।
स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्नका लागि स्वास्थ्य पुनर्जीवन दिन आवश्यक भएकोले एकल महिला, अपांगता भएका व्यक्ति, अति विपन्न, सहिद परिवार पहिचान गरि उनिहरुको निशुल्क स्वास्थ्य विमा गर्ने बताएकी छन । उपाध्यक्ष शाहीले भनिन्, जनताको दिएको यो मतको कदर गर्दै जनताको सेवामा नै आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्छु ।
शुभकालिका गाउँपालिकाको समृद्धि र विकासका लागि थुपै कामहरु गर्नुछ । आफु महिला नेतृ भएको हुँदा पनि विशेष गरि महिलाहरुको हक हित, महिलाहरुको जागरण र महिलामाथि हुने विभिन्न हिंसालाई अन्त्य गर्नका लागि आफ्नो ध्यान केन्द्रीत हुने वताएकी छन । उनले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, पर्यटन, कृषि, रोजगारी लगायतका कुरामा भ्रष्टचार न्यूनिकरण गर्ने आफ्नो लक्ष्य रहेको बताएकी छन ।