Breaking News

देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

Apr Thu 2022 05:58:03

329 views

देशको ब्यबस्था फेरिए पनि खलियाको अवस्था फेरिएन

महेश कार्की ,  बाजुरा ------

      --बाजुरा लगायत सुदुर पश्चिम र कणाली प्रदेशका विभिन्न गा्रमीण क्षेत्रका गाउँ हरुमा अहिले पनि खलो प्रथा कायमै छ । दिनभरी साहुको काम गरेर पनि सन्तोषजनक परिश्रमकोे फल नपाइने भनेकैँ खलो प्रथा हो । यसले गर्दा आम नागरिकमा पेशाप्रति कम विश्वास हुन्छ । विशेष गरी दलित समुदायमा यसको मारमा पर्ने गरेको छ। यो उदाहरणले प्रस्ट पार्ने गर्छ बाजुरा स्वामिकार्तिक गाउँ पालिकाका वडा नम्बर ४ वाईका ५० बर्शिया धन दमाईले परम्परागत खलो व्यवसायमा सिलाई गदै  आएको ४२बर्ष पुरा भयो । 

  

       उनी आफ्नो पुर्खा बाउबाजेको पालामा पनि यसरी नै   परम्परागत खलो ब्यबसाय गरेको अनुभव सुनाउछन्  ।  यता बुढिनन्दा नगरपाली वडा नम्बर ६ का अनोज आउजी लगायत केही ब्यती हरु भने विभिन्न संस्थाहरु र स्थानीय तह  बाट सिलाई कटाई सम्बन्धी तालिम लिएर अहिले व्यवसाय बाट मनग्य आम्दानी गदै आएका छन् । तर धन दमाई भने अहिले पनि दिनभरी स्थानीय भाषामा (रिथी ) साहुका कपडा सिलाई गदै खलोमा नै चित्त बुझाइ रहेका छन् ।


         नत उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् नत घरपरिबार नैँ चलाउन सजिलो भएको छ । उनीजस्तै बुढिनन्दा नगर पालिका वडा नम्बर पाँच खोया टोलका सौरे दमाईले ३५बर्ष सम्म खलो व्यवसायमा काम गदै जीवन विताए ।   ब्यबस्था  फेरीयो तर  यहाँ खलिया समुदायको अवस्था र जीवन केहिलैई फेरिएन । स्थानीय मान्छेहरुले पनि दलित समुदायले गर्ने काम हो भन्दै यो पेशालाई आत्मसाथ गर्न सकिरहेका छैनन् । यसले गर्दा यो पेशा लोप हुने अवस्थामा पुगेको छ ।

 

     दमाई ,ल्वार,बिक र सुनार जाती समुदायका मान्छे हरु  खलिया समुदायमा पर्ने गर्दछ्न । तेस्तै  स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर चार वाई मा बस्ने राधा दमाई यस्तो बताउछिन । दिन भर साउको काम गरे खानाको जोहो हुने भए पन्नी  आर्थिक अभावका कारण आफ्ना बालबालिका स्कुल पढाउन समस्य हुने र बालबालिका पनि अहिले देखि नै आफू सङ्ग पुर्खेउली खलो ब्यबसायमा नै लाग्ने गरेको उनको गुनासो छ । आफ्नो नाममा नत जग्गा छ  नत केही सम्पती आफुले घर लगएको जङ्ग पनि आफ्नो नाममा नभएको उनको भनाई छ।


       अहिले अन्य जातिका र समुदायका मान्छेले पनि यो सीप लाई अगालेको पाईछ । अन्य समुदायले सिलाई पेसा लाई नयाँ र आधुनिक तरिका बाट व्यावसायिक रुपमा सन्चालन गर्न थाले पछि परम्परागत चलेको खलो ब्यबसायमा समस्य आउदा खलिया समुदायका मानिस लाई झन समस्य हुने गरेको छ । 

                  प्रथालाई आत्मसाथ गर्दा नत यसले मानिसको जीवनस्तर उकास्न सफल भएको छ नत मान सम्मान नै पाएको छ । यसले गर्दा सरकारले प्रत्येक नागरिकलाई रोजगारको व्यवस्था गर्ने भने पनि यो पेशा संकटम परेपछि धेरै नागरिक बरोजगारी बस्नुपर्ने बाध्यता रहेको छ ।


               प्रत्येक स्थानीय सरकारले खलो प्रथा संग सम्बन्धीत सबैलाई सीपको व्यवस्था गरेर उनीहरुलाई व्यवसाय तर्फ उकास्न सके देशमा भएको बेरोजगारीलाई कम गर्न सकिन्थ्यो कि ? बिशेत त बाजुरा जस्तो अति विकटको विम्ब मानिने जिल्लामा सबैले बिशेष प्रकारको सीपको व्यवस्था गरेमा बाजुरा लगयता ग्रामिण क्षेत्रबाट बिदेशीने यूवाको संख्यामा कम हुने बलियो सम्भावना देखिन्छ ।


             अझै पनि गाउँघरमा खलिया प्रथामा आबद्ध भएका पेशा भनेर चिनिने सिलाईकटाई र आरन व्यवसायलाई सरकारले बिशेष जोड दिएर काम गर्दा केही युवा साथीहरुले देशमा नैँ रोजगारी पाउने थिए र दिनदिनै बिदेशी ने यूवाको संख्या पनि कम नहोला भन्न सकिन्न ?


           अबका दिनमा बाजुरा लगायतका ग्रामीण क्षेत्रका प्रत्येक जिल्लाका स्थानीय सरकारले खलिया व्यवसाय गदै आएका समुदाय र मान्छेहरुलाई यो पेशा बाट हटाउनका लागी बिशेष कार्ययोजना बनाउँदा यो पेशालाई मर्यादित बनाउन सकिन्छ की ? खलो व्यवसाय बाट कसैको पनि जीवनस्तर माथी उठाउन पनि निकै कठिन परिरहेको छ ।


                  अझ त बालबालिकालाई शिक्षा दिन पनि मुस्किल परेको छ । समाज परिबर्तन गर्नका यो पेशामा आवद्ध आम जनसमुदायलाई माथी उकास्दा राज्यमा रोजगारीको सिर्जना हुन सक्छ ।


               यसले गर्दा यो पेशा दलित समुदायले मात्र नभई सबैले गर्दा सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि बढाउन सहयोग पुर्याउछ कि ?यसले गर्दा सरकारले खलो व्यवसायलाई अन्त्य गरी यसलाई व्यवसायमा ढाल्नु आवश्यक देखिन्छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर