Breaking News

सान्नि त्रिवेणी गाउँपालिका ४ को अध्यक्षमा माओवादि केन्द्रवाट योगीको उम्मेदवारी ।।

Apr Mon 2022 02:41:07

309 views

सान्नि त्रिवेणी गाउँपालिका ४ को अध्यक्षमा माओवादि केन्द्रवाट योगीको उम्मेदवारी ।।


अनिता भारती, कालिकोट-------

कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदका लागि नेकपा माओवादि केन्द्रवाट समाजसेवि दमन नाथ योगीले उम्मेदवारी दिएका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आज उनले वडा अध्यक्ष पदमा माओवादि केन्द्रवाट उम्मेवारी दर्ता गराएका हुन ।


लामो समयदेखि सामजिक सेवामा काम गर्दै समाजिक अभियान्ता तथा समाजसेवी योगीलाई पार्टिलाई टिकट दिएपछि वडा नं. ४ का आम मतदाताहरु प्नि खुसि भएका छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत पार्टिले टिक नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका योगीले पछि पार्टिकै कारण उम्मेदवारी फिर्ता लिएका थिए । यस पटक भने पार्टिले नै टिकट दिएपछी योगीले आज निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।


उनले न्यूजसंचार डटकम सँगै कुराकानि गर्दै वडा नं. ४ का आम नागरिकहरुको जिवन स्तर वदल्नका लागि आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए । पार्टिले र अन्य आकांक्षिले गरेको यो सहयोग र विश्वासलाई टुट्न नदिने योगीले बताएका छन । वडा नं. ४ को समग्र विकासका लागि आफुले सधै जनताको सेवक वनेर काम गर्ने योगीले बताएका छन ।


उनले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, विजुली बत्ति, कृषि, रोजगारी, पर्यटन, लगायतका विषयमा आफ्नो प्राथमिकता रहेको योगीले बताए । उनले आम जनताको सुझाव र सल्लाहले नै आफु वडा अध्यक्ष पदमा लडेको र मतदाताहरुले पनि यस पटक आफुलाई वडा अध्यक्षमा निर्वाचित गराउने उनले विश्वास ब्यक्त गरेका छन ।


१० वर्षे जनयूद्धमा पार्टिको निम्ती रात दिन नभनि जनयूद्धमा होमिएका योगीले पार्टिको लागि लामो समयदेखि आफ्नो वलिदान त्याग गरेका योगी शिक्षा क्षेत्रमा पनि स्नाकोत्तर पास गरेका छन । सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ४ मा रहेको श्री शान्तीकोट आधारभुत विद्यालयमा विगत लामो समय सम्म पैशा नहुँदा पनि शिक्षण पेशामा लागेका थिए । उनि त्यसपछि श्री पंचदेवल माध्यामिक विद्यालयमा समेत शिक्षक पदमा कार्यरत थिए ।

 

साविकको मेहलमुडी गाविस वडा नं. २ मा उनि भद्र भलात्मीको रुपमा चिनीदै आएका छन । गाउँमा हुने साना तिना झै झगडालाई गाउमै मिलाउने र सबैलाई समान तरिकाले हेर्ने योगीले साविकको वडा नं. २ मा पनि जनतामाझ राम्रो छवि बनाएका थिए । वडा नं. ४ को वडा अध्यक्ष पदमा लगभग योगीको जित शुनिश्चित रहेको समेत स्थानियले बताएका छन । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर