Breaking News

कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।

Apr Fri 2022 09:36:00

134 views

कालिकोट जिल्लाका विभिन्न पालिकामा निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुदै ।।


अनिता भारती, कालिकोट-----

कालिकोट जिल्लाका विभिन्न पालिकामा ५ वर्ष मुनिका कुपोषित बालबालिकाका लागि निशुल्क पोषण मापन स्वास्थ्य सिविर संचालन हुने भएको छ । सामुदायिक स्वास्थ्य, पोषण र बालबालिकाको क्षेत्रमा विगत लामो समय देखि कर्णाली प्रदेशमा काम गर्दै आएको ग्रैहसरकारी संस्था सामाजिक जागरण तथा विकास प्रतिष्ठान ( सादा नेपाल)को पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजनामा जिल्लाका विभिन्न पालिकामा पोषण सम्वन्धि निशुल्क स्वास्थ्य सिविर संचालन हुन लागेको हो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सादा नेपाल कालिकोटको संयूक्त आयोजनामा यहि चैत २७ गते देखि २०७९ बैशाख ३ गते सम्म निशुल्क पोषण मापन स्वास्थ्य संचालन हुने सादा नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक नाथ योगीले बताउनु भयो । उहाँका अनुसार पलाँता गाउँपालिका हे.पो थिर्पुमा यहि चैत २७ गते, पचालझरना गाउँपालिकाको जारकोट हे.पोमा चैत २८ गते रास्कोट नगरपालिकाको रास्कोट सामुदायिक हस्पीटलमा चैत २९ र ३० गते दुई दिन , सान्नि त्रिवेणी गाउँपालिकाको हे.पोे.मा बैशाख २ गते र जिल्ला अस्पतालमा मान्ममा बैशाख ३ गते संचालन हुने छ । 


उहाँले पाँच वुर्ष मुनिका वालवालिकालाई आफ्नो पायक पर्ने स्थानमा ल्याई पोषण सम्वन्धि चेकजाँच गराउन योगीले आग्रह गर्नुभयो । कुपोषणको चपेटामा परेका वालवालिकालाई उक्त निशुल्क स्वास्थ्य सिविरमा ल्याई मौकाको फाईदा उठाई आफ्ना वालवालिकाको भविस्य सुधार्न आग्रह गर्नुभयो । 


कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको अवस्था भयावह रहेको भन्दै कुपोषणवाट बालबालिकालाई जोगाउनका लागि जिल्लाका यी पालिका र जिल्ला स्तरमा निशुल्क स्वास्थ्य सिविर संचालन गर्न लागिएको बताउनु भयो । विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सादा नेपाल संस्थाले आगामि दिनमा पनि बालबालिकाको क्षेत्र यस्ता थुप्रै काम गर्दै जाने बताउनु भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर