Breaking News

बुढीनन्दा नगरपालिकाको मेयरमा एमालेवाट वोहोराको एकल उम्मेदवारी ।।

Apr Wed 2022 12:53:40

150 views

बुढीनन्दा नगरपालिकाको मेयरमा एमालेवाट वोहोराको एकल उम्मेदवारी ।।


रुकुम योगी, बाजुरा-----

बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेवाट नेता जनक बोहोरको एकल उम्मेदवारी परेको छ । नेकपा एमाले बुढीनन्दा नगर कमिटिको चैत २२ गते बसेको बैठकमा मेयर पदका लागि जनक कुमार वोहोराको एमल उम्मेदवारी परेको जनाएको छ । अघिल्लो स्थानिय तहको चुनावमा हार व्यहोरेका बोहोरा पुःन नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका हुन । 


पार्टिका आम नेता कार्यकर्ताले पनि पुन वोहोरालाई नगर प्रमुखमा उठाउने निर्णय गरेपछि एमालेवाट वोहोराको एकल उम्मेदवारी परेको हो । यस्तै बुढीनन्दा नगरपालिका वडा नं. ७ मा जनक शिंह र ८ मा केश बहादुर शाही पनि सर्वसहमत वडा अध्यक्षको उम्मेदवारमा चयन भएका छन । अन्य वडा र पालिकाको उपप्रमुखमा आकांक्षि धेरै भएको हुँदा उम्मेदवारको नाम टुंगो लगाउन केहि ढिलाई भएको बुढीनन्दा नगरपालिकाका ईन्चार्ज राजन कुमार रोकायाले दिएका छन  ।


एक दुई दिनमै सबै उम्मेदवारको टुंगो लगाएर जिल्लामा पठाईसक्ने रोकायाले बताए । बुढीनन्दा नगरपालिकाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी अघिललो चुनावमा पनि रहेको र यो चुनावमा पनि रहेको जनक कुमार वोहोराले बताए । उनले समृद्ध बुढीनन्दा खुसि बुढीनन्दा वासिको नारा वोकेर आफु मेयरमा लडेको वोहोराले बताए । उनले अघिल्लो स्थानिय तहका निर्वाचनमा हार व्यहोरेको भएपनि यस पटकको चुनावमाले जनताले आफुलाई जिताउने कुरामा विश्वस्त रहेको बताए ।


उनले आफुले चुनाव हार्दा नगरवासिलाई परेको पीरको आधारमा पनि यसपालीको चुनावमा आम नागरिकहरुले आफुलाई अत्यधिक बहुमतले विजयी गराउने वोहोराले बताए । जिल्ला कमिटि उपसचिव समेत रहेका वोहोराले बुढीनन्दा नगपालिकामा नेकपा एमालेले हार व्यहोर्दा जनताले खेप्नु परेको दुख पीडालाई सम्झेर पनि यसपालिको चुनावमा सुर्य चिन्हमा मतदान गर्ने वोहोराले बताए ।


उनले आफुले नगरपालिकाको मेयरमा जितिसकेपछि नगरपालिकाको विकास र समृद्धिका लागि यहाँका नागरिकहरुको जिवन स्तर वदल्नका लागि रात दिन नभनि जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन । यस्तै नेपाली काग्रेंसले पनि उम्मेदवारी टुंगो लगाउने तयारी गरिरहेको छ । प्रदेश निर्वाचन क्षेत्र नं. क का चार वटै पालिकामा पार्टिले उम्मेदवार टुंगो लगाउन छलफलमा व्यस्त भएका छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर