अनिता भारती, कालिकोट ------
टाइफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफार्एड खोपको सुरुवा सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी, संचारकर्मि र सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सरकारले देशैभरि चैत २५ गतेवाट टाईफाईड रोगविरुद्धको खोप लगाउने अभियान संचालन गरेसँगै यसका विषयमा जिल्लाका सरोकारवालासँग अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिलला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।
जिलला समन्वय समिति कालिकोटका कार्यवाहक अध्यक्ष अनिल मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि खाडाचक्र नगरपालिकाका नगर प्रमुख जसि प्रसाद पाण्डे रहेका थिए भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा रहेका थिए ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि स्मृति लामाले वालवालिकाको जयान नै जोखिममा पार्ने रोग भएको हुँदा कोहि पनि वालवालिकालाई नछुटाएर खोप लगाउनु पर्ने बताईन । उनले १५ महिना देखि १५ वर्ष मुनिका सबै वालवालिकालाई खोप जगाउन कालािग सबैले सहयोग गर्नु पर्ने बताईन । उनले वालवालिकालाई खोप वाट नछुटाउनका लागि सबैले जानकारी गराउनु पर्ने बताईन ।
स्वास्थ्य सेवा कार्यालय कालिकोट निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रत्नविर सुनारले कालिकोट जिल्लामा यहि चैत २५ गते देखि बैशाख १८ गते सम्म संचालन हुने खोपमा कालिकोटका ६१ हजार ९ सय २ जना वालवालिकाले खोप लगाउने बताए । उनले खोप अभियानका लागि जिल्लामा ३ सय ६ वटा खोप केन्द्र मार्फत खोप दिईने बताए ।