Breaking News

विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक ः मुख्यमन्त्रि शाही ।।

Apr Sat 2022 01:03:26

106 views

विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक ः मुख्यमन्त्रि शाही ।।


सुर्खेत -----

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।


“विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ”, उनले भने, ‘त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।’ मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्वतयारी र समयको सदुपयोग महत्वपूर्ण कुरो भएको जनाए । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्व खाद्य सङ्गठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे ।


कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्वतयारी लाग्न हरेकले समय र महत्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।  कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताए । गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्व खाद्य सङ्गठनको सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रुपमा ग्रहण गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर