बाजुरा------
स्वामिकार्तिक खापर गाउँपालिकालाई सडक संजालसँग जोड्नका लागि कर्णाली नदिमा निर्माण गरिएको फेरी १ महिना नवित्दै पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको छ । बाजुरा जिल्लाको कर्णाली पारी रहेको सडक नपुगेको गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्नका लागि स्वामिकार्तिक खापर गाउपालिकाले भर्खरै स्वामिकार्तिक लाई सडक सञ्जालमा जोड्नको लागि फागुन ३० गते फेरीको समुद्घाटन गरेर सन्चालनमा ल्याएको थियो ।
जगन्नाथ गाउँपालिकालको वडा नं. १ र स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं. ४ को विच पीलुचौरमा जोडिएको फेरी एक महिना नवित्दै फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाकानेत्र बहादुर शाहीको ट्याक्टर तार्ने क्रममा आज विहान फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको हो ।
ट्याक्टर तार्ने क्रममा फेरीको डोरी चुडिएपछि फेरी कर्णाली नदिको तिरमा सर्पोटले थुनिएको छ । निर्माण भएको एक महिना नवित्दै फेरीको डोरी चुडिनु निर्माण निर्माण कम्पनिको लापर्वाही भएको स्थानियले बताएका छन । निर्माण भएर संचालनमा आएको एक महिना नवित्दै फेरीको डोरी चुडिनु निर्माण कार्यमा नै लापर्वाहि भएको स्थानियको गुनासो छ ।
उक्त फेरीमा भे१ त९४३१ नम्वरको टेक्टर फेरिमा जोखिम अवस्थामा छ। टेक्टर र फेरीलाई सुरक्षित ठाउमा ल्याउनका लागि स्वामिकार्तिक गाउपालिकाले स्काइभेर घटना स्थलमा ल्याउन भनी सकेको गापा निमित्त प्रसासकिय अधिकृत पारस बहादुर शाहीले जानकारी दिनु भएको छ ।