Breaking News

कर्णाली प्रदेशमा भदौ महिना यता मात्र १ सय ६८ जना वालिवालिका कडा कुपोषित ।।

Mar Tue 2022 06:48:14

133 views

कर्णाली प्रदेशमा भदौ महिना यता मात्र १ सय ६८ जना वालिवालिका कडा कुपोषित ।।


सुर्खेत...

कर्णाली प्रदेशमा कुपोषणको अवस्था भयावह बन्दै गएको छ । गत भदौ महिना देखि हाल सम्म मात्रै कर्णाली प्रदेशभर एक सय ६८ जना बालबालिका कुपोषित रहेका छन । नेपालमा पोषणको लागि नागरिक समाज सञ्जालको आयोजनामा सोमबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेश स्तरिय पोषणको सुधार विषयक सिकाई अनुभव आदान प्रादन गोष्ठी कार्यक्रममा यो तथ्यांक सार्वजनिक भएको हो ।


सिसानका संयोजक डाक्टर उमा कोइरालाले कर्णालीमा पोषणको सुधारका गर्न सबै पक्ष लाग्नुपर्ने भन्दै अहिले पनि प्रदेशका तिन चौथाई व्यक्ती मासु खान नसक्ने अवस्थामा रहेको बताईन । पोषिलो यूक्त खानेकुरा खान नपाएर सधै एकै किसिमको खाना खानुपर्ने रहेकाले पनि कर्णाली प्रदेशमा कुपोषणको अवस्था बढ्दै गएको बताईन । प्रदेशमा अहिले पनि ४८ प्रतिशत बालबालिका रक्त अल्पताबाट पिडित रहेको उनको भनाई छ । गोष्ठीमा सहभागी भएका सरोकारवालाहरुले कर्णाली प्रदेशमा कुपोषणको दर डरलाग्दो भएको भन्दै सबै नीकायले पोषण सुधारका लागि हातेमालो गर्नुपर्ने बताएका छन । 


कर्णाली प्रदेशमा कुपोषणको अवस्था भयावह हुनुमा सबैभन्दा पहिलो कुरा कर्णाली प्रदेशको गरिवि रहेको बताए छन । कर्णाली प्रदेशमा अझै पनि नागरिकहरु विहान खाए बेलुका के खाने भन्ने चिन्तामा रहेको अवस्थामा पनि कुपोषणको अवस्था विकराल बन्दै गएको सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष अशोक नाथ योगीले बताए । उनले कुपोषण अन्त्यका लागि पहिलो कुरा गरिवि अन्त्य गर्नु पर्ने आवश्यकता रहेको बताए ।


उनिहरुले कर्णाली प्रदेशमा पोषणयुक्त खानाहरु प्रसस्त भएपनि त्यसको प्रयोग र विस्तारमा जोड दिनुपर्ने उनिहरुको भनाई छ । कार्यक्रममा बोल्दै डाक्टर सन्तोष श्रेष्ठले प्रदेशमा रहेका कोदो, फापर, कागुनो लगायतका रैथाने अन्नमा प्रसस्त मात्रामा पोषण पाइने भन्दै यसको प्रयोग र विस्तारमा लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ पोषण विज्ञ डाक्टर ओजस्वी आचार्यले पोषण सुधारका लागि राज्यसँगै अन्य सरोकारवाला सबैको भुमीका महत्वपूर्ण रहेको बताए । यस्तै, सामाजिक विकास मन्त्रालय अन्तरगत समाजिक विकास महाशाखाका अनिता ज्ञवालीले दक्ष जनशक्ती उत्पादन गर्नको लागि तिनै तहका सरकारहरुले पोषणमा लगानी गर्नुपर्नेमा जोड दिए ।


योजना आयोगका सदस्य हरि बहादुर खत्रीले सरकारले सन २०३० सम्म कुपोषणमुक्त बनाउने लक्ष्य राखेको भन्दै प्रदेशमा रहेको यो समस्या समाधानको लागि समिति निर्माण गरेर अगाडी बढ्न सरकार तयार रहेको बताए । कर्णालीमा पोषण सुधारका लागि यो आर्थिक बर्षमा संघिय सरकारले २० करोड र स्थानीय सरकारले ४ करोडक रकम कार्यान्वयन गरिरहेको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर