कालिकोट-------
बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ विद्यालयमा बाल संरक्षण लाई प्रबधन गर्न शिक्षकहरुका लागी संचालन गरियको ४ दिने तालिम आज रास्कोट नगरपालीकामा सम्पन्न भएको छ । मंगलबार देखि सुरुभएको तालिममा सहभागि शिक्षकहरुले विद्यालयमा बाल संरक्षण तथा किशोरीको आत्मरक्षा लाई पहिलो प्राथमिक्ता दिने सहभागिहरुले बताएका छन ।
तालिममा सहभागि महिला शिक्षकको तर्फबाट भाबना शाहीले तालिममा आफुले बाल संरक्षण बाल सुरक्षा,व्यवहार परिर्बतन लगाएतका विषयमा धेरै जानकारी पाएको बताउनु भयो । आफुले तालिममा सिकेको कुरालाई व्यवहारमा उर्ताने भन्दै शाहिले विद्यालयमा बालवालिका संग गरिने व्यवहार परिवर्तन र किशोरीहरुको आत्म सुरक्षाका विषयमा करि प्रतिकारात्मक क्षमताको विकासगर्न सकिन्न भन्ने विषमा शिक्षर्ण सिकाईका माध्यमकाट अगाडि लैजाने बताउनु भयो ।
यस्तै तालिममा अर्कासहभागि टेकराज न्यौपानेले तालिम धेरै लियौ तर यो तालिममा धेरै फरक पायको बताउनु भयो । जसमा हरेक अभिभावकहरुले आफ्ना बालवालिकाहरुलाई सुधार्ने नाममा विद्यालयमा पठाउने गरेको र विद्यालयमा पनि धेरै शिक्षकहरुले वालवालिकाहरुप्रति गर्ने व्यबहार र सिकाईमा धेरै फरक रहेको बताउनु भयो । हरेक अभिभाकले पनि आफ्ना वालवालिकालाई कस्तो घर्यासि संस्कार सिकाउने,कस्तो व्यवहार गर्ने भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको बताउनु । आजका साना बालवालिका ले जस्तो घर समाज र विद्यालयमा शिक्षा,संस्कार,व्यबहारका बारेमा ज्ञानपाएका हुन्छन भोलि उनिहरुले तेस्तै अनुसारको व्यबहार परिवर्तनको संस्कारमा लाग्ने भएकाले आजै बालबालिका संगको व्यवहार परिवर्तनमा लाग्ने बताउनु भयो ।
यस्तै तालिम समापन कार्यक्रममा रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख महाँप्रसाद बरालले नगरपालिका बाट पनि बालवालिका र किशोर किशोरीहरुको संरक्षण,प्रबद्धन,बालविवाह न्यूनिकरण लगाएत विद्यालयमा बाल मैत्रि संरचना निमार्णका कार्यक्रममा लागिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, तालिममा प्रशिक्षक दुर्गा कुमारी क्षेत्रिले पनि शिक्षकहरुका लागी अतिआवस्यक सिकाईका विषयबस्तुमाथि समुह कार्यगर्दै प्रस्ट पार्नुभएकोमा नगर शिक्षा शाखाको तर्फबाट धन्यवाद समेत दिनु भयो ।
शिक्षण सिकाईमा धेरै शिक्षक सहरहरुले बालवालिकाको आत्मबल बृदि हुनेखालका शिक्षर्णसिकाईका क्रियाकलापहरु अगाढी बढाउन जरुरी रहेको बताउनु भयो । अन्तत तालिमका प्रशिक्षक प्लान इन्टर नेश्नलका क्षेत्रिय कार्यक्रम संरक्षण विषेसज्ञ दुर्गा कुमारी क्षेत्रिले बाल अधिकारलाई कसरि संरक्षण गर्न सकिन्छ,बालवालिकाको संरक्षणका लागी गरिने कार्ययोजना,बाल दुरव्यवहार,लैंगिक हिंसा,यौन सोसण,बाल सहभागिता,किशोरीहरुको आत्मरक्षा लगाएतका विषयमा गरिएको छलफलकार्यक्रममा सहभागि हुने सम्पुर्णलाई धेरै रेरै धन्यवाद दिनुभएको सादा नेपालका बालसंरक्षण कार्यक्रम संयोजक रभि बोहोराले बताउनु भयो ।
उहाँका अनुसार बिद्यालयमा बाल संरक्षण लाई प्रबधन गर्ने उदेस्यका साथ स्टिक एण्ड स्टोन सम्बन्धि प्रशिक्षक,प्रशिक्षण तालिम प्लान इन्टरनेश्नल नेपालको सहयोगमा र साझेदार संस्था सादा नेपालको आयोजना,रास्कोट नगरपालीकाको समन्वयमा कार्यक्रम लागुभएका क्षेत्र नरहरीनाथ गाउँपालिका,शान्नि त्रिबेणी गाउँपालिका र रास्कोट नगरपालीकाका २७ जना शिक्षकहरुको सहभागितामा तालिम सम्पन्न भएके बताईएको छ ।