Breaking News

मुस्ताङमा यसवर्ष ३० करोड भन्दा धेरै मूल्य बराबरको च्याङग्रा बिक्री ।।

Nov Mon 2021 02:20:07

716 views

मुस्ताङमा यसवर्ष ३० करोड भन्दा धेरै मूल्य बराबरको च्याङग्रा बिक्री ।।

मुस्ताङ----

मुस्ताङबाट यसपालीको दसैं तिहारमा करिब ३० करोड भन्दा धेरै मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३२ हजारका दरले करिब ९ हजार ५ सय च्याङग्रा बेचेका किसानले ३० करोड भन्दा धेरै रुपैयाँ भित्र्याएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋिषिराम पोखरेलले जानकारी      दिनुभयो ।


भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले स्थानीय तह धौवलागिरी प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने प्रवन्ध मिलाएको थियो । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोशिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर