जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नुहुने भएको छ । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
प्रतिस्पर्धा अन्र्तगत गौरिका हिट १ मा रहनुभएको छ भने यस हिटमा ४ खेलाडी छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी हुनुहुन्छ । अर्का खेलाडी एलेक्जेन्डर शाह भने हिजो नै प्रतिस्पर्धा गरिसक्नुभएको छ ।
एक सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेपनि उहाँ ओलम्पिकमा भने हिट चरणबाट बाहिरीनुभएको छ ।
2 weeks ago
3 weeks ago
4 months ago