स्वास्थ्यका लागि खेलकुद “राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ कालिकोट जिल्लामा कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय कुर्मराज शाहीले खेलकुद विकास समितिकाे कार्यालयकाे उद्वघाटन गरेका छन ।
खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश बहादुर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा माओवादि केन्द्र कालिकोटका अध्यक्ष धनजित शाही ,नेकपा एमाले कालिकोटका उपसचिव कमल बहादुर शाही , नेपाली काँग्रेस कालिकोटका युवा नेता मनराज शाही प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य ,प्रहरी प्रमुख DSP चक्रबहादुर शाहा,शस्त्र प्रहरी बल कालिकोटका प्रमुख DSP रामबहादुर पालि बाेगटि ,जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नमराज मल्ल कालिकोट जिल्लाका खेलाडी ,नागरिक समाजका प्रमुख प्रतिनिधि ,पत्रकार लगाएतका सराेकार वालाकाे सहभागीता रहेको छ।कार्यक्रमकाे सञ्चालन कालिकोट खेलकुद विकास समितिका सदस्य सचिव हरिबहादुर शाहीले गरेका थिए ।
2 weeks ago
3 weeks ago
4 months ago