कालिकोट ~ नरहरिनाथ गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँ पालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले उद्घघाटन गरेका छन्। पालिका मा रहेका १० वटा माध्यमिक विद्यालय को सहभागिता मा गाँउ पालिका को केन्द्र मा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाघटन गरि निरन्तर खेल संचालन भएका छन।
खेलकुद विकास समितिका अध्यक्ष चिन बहादुर बोगटी काे अध्यक्षता, पालिका अध्यक्ष नगेन्द्र बहादुर विष्ट काे प्रमुख आथित्यता , उपाध्यक्ष कमल कुमार शाहको बिशेष आथित्यता, सबै वडाका वडा अध्यक्षहरुको आतिथ्यतामा प्रतियोगिता काे उद्घाटन गरिएको छ । प्रतियोगिता मा खेलकुद विकास समितिका सदस्य सचिव दुर्गालाल न्यौपाने ले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । उक्त कार्यक्रम मा राजनीति दल, वडा अध्यक्ष, शिक्षक लगायतका अथिति हरुले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रम का बिशेष अथिति तथा गाउँ पालिका उपाध्यक्ष कमलकुमार शाहले हामी जहाबाट जसरी उपस्थित छौ तेसरि नै खेलकुद क्षेत्रको महत्व बुझेर आ-आफ्नो प्रतिभा लाई प्रस्तुत गरेर आफुले प्रतिनिधित्व गरेको बिद्यालय को नाम स्थापित गर्नुपर्ने बताएका छन् ।
यस्तै कार्यक्रम का प्रमुख अथिति तथा गाउँ पालिका अध्यक्ष नगेन्द्र बहादुर विष्ट ले राष्टको लागि खेलकुद, स्वास्थ्य का लागि खेलकुद भन्ने मुल नारा का साथ तिन दिनसम्म सुरु हुने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभकामना ब्यक्त गरेका छन्। उनले भने खेल खेल्दा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्दछ। खेलाडी इमान्दार र लगनशील हुन आवश्यक हुन्छ। खेल क्षेत्रको बिकासमा पालिका सरकार निरन्तर लागिरहेको बताए। यो खेल क्षेत्रको नतिजा हामी कार्तिक २१ गते फोइमहादेबमा हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा देखाउन पूर्व तयारी गरिरहेको अध्यक्ष बिष्टले बताए।