कालिकोट ~ रास्काेट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक बृहत कार्यक्रम का बिच नगर प्रमुख धर्मराज शाही पोषण ले उद्घघाटन गरेको छ। नगरपालिका स्थित जनजागृति माबि वडानं ८ फुकाेटमा पालिका स्तरीय चाैथाे राष्टपति रनिङ सिल्ड प्रतियाेगिता उद्घघाटन गरिएकाे छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहि काे अध्यक्षता, रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही ( पाेषण)काे प्रमुख आथित्यता , नगर उपप्रमुख मनिराज बरालको बिशेष आतिथ्यता,जिल्ला समन्वय समिति सदस्य सुर्जा राेकाया तथा सबै वडाका वडा अध्यक्षहरुको आतिथ्यतामा प्रतियोगिता काे उद्घाटन गरिएको छ । प्रतियोगिता मा रास्काेट नगरपालिकामा संचालन रहेका चार वटा माध्यमिक बिधालयहरु सहभागी रहेकाे छ । कार्यक्रम मा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति धर्मराज शाही ( पाेषण) ले हरेक खेलमा खेलाडी हरुले आफ्नोे कुसल्ता पूर्वक खेल प्रदर्शन गर्नुमा राष्ट्रको गौरव बढेको मानिन्छ। खेलकुद जगत जिबनको महत्वपूर्ण अंगको रूपमा मानिदै आएको छ। पालिका स्तरीय प्रतियोगिता बाट छनौट मा परेका खेलाडीले जिल्ला स्तरिय हुने राष्टपति रनिङ शिल्ड प्रतियोगिता मा आफ्नो बिद्यालय र पालिका को परिचय स्थापित गर्न सक्ने क्षमता राखोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। साथै खेल क्षेत्रको बिकासमा पालिका सरकार निरन्तर साथमा रहने शाहीले बताएका छन् ।