८ बैशाख २०८०/
कालीकोट :- रास्कोट नगरपालिका वडा नं ६ मा हुन लागेको बालबिबाह रोकिएको छ । रास्कोट नगरपालिका वडा न ६ का धिर सार्की का छोरा बर्ष १८ का नाम परिवर्तित र सान्नि त्रिबेणि गाउँपालिका वडा न १ का रतने सार्कीकि छोरि बर्ष १५ कि नाम परिवर्तित बिच हुन लागेको बाल विवाह बिहिबार, नागरिक समाज संजाल शान्नि त्रिबेणी र रास्कोटको पहलमा बाल विवाह रोकियको छ ।
विद्यालयमा पढ्दै गरेका २० वर्ष मुनिका बालवालिकाले विवाह गर्न तयारी गरेको स्थानियले नागरिक समाज संजालका पदाधिकारी र नजिकको प्रहरीलाई जानकारी गराई प्रहरी कार्यालयको रोहबरमा बालविवाह बदर गरि बालवालिकाको आफन्त लाई जिम्मा लगाइयको छ । २० वर्ष नपुगी कसैले पनि बालवालिकाको विवाह तय गर्ने वा विवाह गराउने लाई बालवालिका विरुद्धको कसूरमानी ७५ हजार रुपैयासम्म जरीमाना र ३ वर्ष सम्म कैद सजाय हुने बालवालिकासम्बन्धि ऐन २०७५ को दफा ७२ (३) (ख) मा व्यवस्था भएपनि दुर्गमका क्षेत्रहरुमा अझै बावविवाह हुनेगरेको पाईन्छ ।
जसले गर्दा बालवालिकाको पढाई विग्रीने,पढाइ छोड्नु पर्ने,छिटो गर्भवती हुने,आमा र बच्चाको मृत्यू हुनसक्ने,जन्मेको बच्चाको राम्रो विकास नहुने,यौन तथा प्रजनन् स्वास्थ्यमा नराम्रो असर पर्ने,पारिवारिक र आर्थिक समस्या आउने,बाल अधिकारको हनन् हुने जस्ता समस्याहरु बालविवाहले निम्त्याउने गरेको बालवालिका को क्षेत्रमा काम गर्ने सामाजिक अभियान्ताहरुले बताएका छन ।
अहिलेको कानून बमोजिम २० वर्ष मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर उमेर बेहुलीको १५ वर्ष मात्र रहेका कारण विवाह रोकेको हो। बालविवाह कलिलो उमेरमा गरिने विवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरूको उन्मूलन गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ । सन् २०३० सम्ममा बालविवाह मुक्त नेपाल घोषण गर्ने भनिएको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारले योजना बनाएर कार्यान्वयनमा ल्याउन खोजियको भए पनि सोचे जस्तो प्रभावकारी भने हुन नसकेको गुनासो आइरहेका छन् । तर यसरी हरेक क्षेत्रको सक्रियातामा बाल विबाह रोकियो भने नेपाल सरकारको लक्ष अनुसारको प्रतिफल आउने देखिन्छ ।