१८,चैत्र कालीकोट
जिल्लाको रास्कोट नगरपालीका वडा नं ३ मा वडा स्तरीय टोलविकास समितिको गठन गरिएको छ । कार्यवाहक वडा अध्यक्ष रतिनाथ योगीको अध्यक्षतामा बैठक बसि धनगिरी भण्डारा अध्यक्ष रहने गरि ११ सदसिय टोलविकास समितिको गठन गरिएको वडा सचिवले बताए । वडा नं ३ मा बसो बास गर्ने वडाका हरेक नागरिकहरुको भेलाले रास्कोट नगरपालीकाको टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७९ बमोजिम शनिबार वडा स्तरीय टोलविकास समितिको गठन गरियको छ ।
उक्त वडामा भौगोलिक विकटता र बस्ति छरिएर रहेकाले वडा नं ३ मा तिन वटा वडास्तरीय टोल विकास समिति गठन गर्नुपर्ने आबस्यकतारहे अनुसार पहिलो चरणमा बर्सेढुंगा कोलिगाउँ टोलविकास संस्था मातहतको टोलविकास समितिको गठन गरिएको वडा सचिवले बताए ।
टोल विकास समिति गठन पछि समितिले वडा स्तरमा स्थानिय विकास प्रक्रियामा टोल तथा वस्ति स्तरबाट नै नागरिक सहभागिता सुििनश्चित गर्दै समाजको आर्थिक,सामाजिक, सास्कृतिक लगाएत विकासका सबै पक्षमा दिगोपना र अपनत्व गर्ने,भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने नागरिकको सहभागितामा वडा कार्यालयको सहयोगीको रुपमा काम गर्ने गरि टोल विकास समितिको गठन गरियको कावा वडा अध्यक्ष रतिनाथ योगीले बताए । समितिको उपाध्यक्ष विष्णु नाथ योगी,सचिव टंकनाथ योगी,कोषाध्यक्ष निर्मला शाही लगायत ११ सदसिय टोल विकास कार्यकारी समितिको भेलाले सर्वसहमत गठन गरिएको छ ।