कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष नरपति तिरुवाले वडा नं. ९ को जिर्ण अवस्थामा रहेको वडाको भवन नयाँ बनाएर नागरिकहरुलाई सेवा दिने बताएका छन । पुरानो विद्यालयको भवन साघुँरो र र्जिण रहेको हुँदा सेवा प्रवाहमा केहि समस्या भएको बताएका छन ।
बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा वडा नं. ९ को वडा अध्यक्षमा नेकपा एमालेवाट वडा अध्यक्षमा निर्वाचित भईसकेपछि उनले आफ्नो पहिलो प्राथमिकता वडा कार्यालयको भवन निर्माण गर्ने रहेको बताएका छन । एउटै भवनमा वडा नं. ८ र ९ को वडा कार्यालयको भवन रहेको र पानि पर्दा चुहिने हुँदा कागजात पनि सुरक्षित नरहेको बताएका छन ।
भवन छाएको टिनको छाना पुरानो हुँदै गएपछि टिनमा प्वाल परेर पानि चुहिने भएको छ । घाम लागेको दिनमा जसोतसो काम गरेपनि पानि परेको दिनमा भने भित्र वस्न पनि समस्या रहेको उनको भनाई छ । तत्कालका लागि नयाँ टिन ल्याएर छाउने काम भएपनि दिगो रुपमा नरहेको बताएका छन ।
वडा नं. ९ को वडा कार्यालयको पक्की भवन आफ्नै कार्यकालमा वनाएर सहज रुपमा वडा नं. ९ का नागरिकहरुलाई सेवा दिने वडा अध्यक्ष तिरुवाले बताएका छन । उनले वडा कार्यालयको भवन सँगै शिक्षा र स्वास्थ्यमा पनि तेत्तिकै लगानिको आवश्यक रहेको बताएका छन । शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि र गुणस्तरिय शिक्षा लागु गर्नका लागि पालिकासँग र अन्य शिक्षा विदहरुसँग समन्वय गरेर छलफल गरिरहेको बताएका छन ।
वडा नं. ९ का नागरिकहरुलाईै सहज रुपमा गाउँ घरमै स्वास्थ्य सेवा दिनका लागि वडा नं. ९ मा रहेका स्वास्थ्य चौकीर आधारभुत स्वास्थ्य चौकीको स्तरउन्नति गरि सेवा दिने बताएका छन । उनले कुनै पनि स्वास्थ्य चौकीमा औषधिको अभाव हुन नदिने र भौतिक संरचना सँगै खानेपानि सौचालयको व्यवस्थापन गर्ने बताएका छन । यस्तै उनले वडा नं. ९ को लेकाली भेगमा पाईने जडिबुटी संकलन गरि प्रसोधन केन्द्र बनाएर निर्यात गर्ने बताएका छन ।
वडा नं. ९ मा स्याउ खेतिको लागि पनि राम्रो ठाउँ रहेको बताउदै कृषकहरुलाई स्याउ खेतिमा लाग्न प्रेरीत गर्ने र स्याउका विरुवा उपलब्ध गराई कृषकहरुलाई वितरण गर्ने उनले बताएका छन । वडा नं. ९ लाई स्याउ खेति र आलु खेतिवाट चिनाउनका लागि कृषकहरुलाई विभिन्न अनुदान दिनुका साथै माटोका परिक्षण गरेर रैथाने वालिको उत्पादनमा बृद्धि गर्ने उनको भनाई छ ।