कालिकोट :
संविधान दिवसको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाले विभिन्न यूद्धका वेला आफ्नो ज्यान गुमाएका सहिदहरुको परिवारलाई, वेपत्ता भएक परिवारलाई, घाईतेहरुलाई र सान्नी त्रिवेणी गाउँपालिकाको विभिन्न भवन निर्माणका लागि जग्गादान गर्ने स्थानियलाई दोसल्ला अविर सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।
हिजो देशभरि भव्य रुपमा मनाईएको संविधान दिवस सान्नी त्रिवेणी गाउँपालिकाले पनि र्याली निकाल्दै सहिद वेपत्ता घाईतेहरु र जग्गादातालाई सम्मान गर्दै संविधान दिवस मनाएको हो । वडा नं. ६ का वडा अध्यक्ष नहकुल संज्यालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी रहनु भएको थियो भने, विशिष्ट अतिथिमा उपाध्यक्ष पार्वती सिंह संज्याल रहनु भएको थियो । अतिथिमा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि वडा अध्यक्ष कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरु, शिक्षक कर्मचारी बुद्धिजिवि, पत्रकारm सहिद परिवार, वेपत्ता, घाईते ,अपांग लगायत आम नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना दिने बक्ताहरुले २०७२ सालमा जारी भएको नेपालको संविधान उत्कृष्ट रहेको बताएका थिए । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएपछि देशले मुहार फेरेको बताएका हुन । यो संविधान ल्याउनका लागि आफ्नो ज्यानको वलिदान दिने सहिद र आफ्नो जिवनलाई अपुर्ण बनाउने घाईतेहरुलाई सम्मान प्रकट गरेका थिए । यो संविधानको रक्षा गर्नका निम्ती आम नागरिकहरुले आफ्नो आफ्नो क्षेत्रवाट भुमिका खेल्नु पर्ने बताएका छन । विगतका भन्दा पछिल्लो समय धेरै कुरामा सुधार हुदै आएको र संविधानमा उल्लेख भएका हरेक कुराहरु नागरिकहरु समक्ष पुगेको बताएका छन ।
यो देशले पाएको नयाँ संविधानको कार्यन्वयन गर्नु हरेक निकायको दायित्व रहेको उपाध्यक्ष पार्वती सिंह संज्यालले बताउनु भयो । उहाँले नेपालको संविधान जारी भएपछि गरिव विपन्न वर्गहरुमाथि हुने अन्याय अत्याचारको समेत अन्त्य भएको बताउनु भयो । उहाँले यो संविधानलाई अक्षरस पालना गरि समृद्ध नेपाल बनाउनका निम्ती सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
२०५२ साल देखि को जनआन्दोलनमा आफु्नो ज्यान गुमाएर देश र जनताको लागि योगदान गर्ने सहिदहरु प्रति सम्मान प्रकट गर्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले सहिदको रगतले नेपालको संविधान लेखिएको बताउनु भयो । उहाँले सहिदहरुको सपना पुरा गर्नका लागि, यो संविधानलाई अक्षरस पालना गर्नका लागि र आम नागरिकहरुलाई संविधानको महत्व बुझाउनका लागि सान्नी त्रिवेणी गाउँपालिका सधै लागिरहने बताउनु भयो । उहाँले २०७२ सालमा नेपालको नयाँ संविधान लागु भएपछि सिंहदरवारको अधिकार प्रतेक वडा टोल गाउँमा पुगेको बताउनु भयो । केहि तत्वहरुले संविधानको उल्लघंन गर्दै आफ्नो स्वार्थका लागि लागिपरेको भएपनि यस्ता तत्वहरुका विरुद्ध आम नागरिकहरु एक भएर लाग्नु पर्ने अध्यक्ष केसीले बताउनु भयो ।!
कार्यक्रमको समापन गर्दै वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्यालले देशमा नयाँ संविधान जारि भएपछि थुप्रै परिवर्तन आएको बताउनु भयो । उहाँले अब देशको मुहार फेर्नका लागि र यो संविधानको रक्षा गर्नका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।