कालिकाेट :
नेपाल पत्रकार महासंघ कालिकाेटलाई पलाँता गाउपालिकाका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बमले साेफा सेट हस्तान्तरण गरेका छन ।
पत्रकार महासंघ कालिकाेटकाे सभाहलमा एक कार्यक्रमका विच हस्तान्तरण गरियकाे हाे । महासंघ कालिकाेटमा हाल सम्म पनि कुनै साेफा सेट थियन र वेलावेलामा महासंघलाइ सहयाेग गरेकाे रकम पनि खातामा नआएका कारण महांघकाे भवनमा अध्यक्ष बमले साेफा सेट दियकाहुन ।
अध्यक्ष बमले नेपाल पत्रकार महासंघ कालिकाेटलाई यति मात्र नभयर महासंघलाई ११११११ एक लाख एघार हजार एक सय एघार रूपैया पनि छिटै सहयाेग गर्ने प्रतिबद्धता गरेका छन ।
अध्यक्ष मल यहि मंसिर ४ गते हुने चुनावमा कालिकाेट (ख) वाट प्रदेश सभामा स्वतन्त्रवाट उम्मेदवार पनि हुन ।
बमले या भन्दा पहिला पनि मान्म बजारमा आफ्नै लगानिमा खाल्डाखुल्डी पुर्ने काम देखि लियर कर्णाली करिडाेरका बर्खाकाे समयमा वाडि,पहिराेले पुरेका सडकहरूपनि मर्मत गर्दै सडक मर्मत पनि गरिरहेका छन । र जनताकाे लाेकप्रिय युवा नेताकाे रूपमा सबैले मान्ने पनि गरेकाे तथ्य छ ।
साेफा सेट हस्ताान्तरण कार्यक्रम नेपाल पत्रकार महासंघ कालिकाेटकाे हलमा महासंघका अध्यक्ष भरतराज विष्टकाे अध्यक्षता,लक्ष्मण बहादुर बमकाे प्रमुख आतिथ्यता,महासंघका सचिव खडानन्द अधिकारीकाे संचालकत्व ,र महासंघका उपाध्यक्ष नमराज याेगी ,पुर्व महासंघ अध्यक्ष कालिबहादुर मल्ल लगायत विभिन्न मिडियाका संचारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।