Breaking News

वडामा रहेका सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने वडा अध्यक्ष बुढा ।।

Sep Sun 2022 08:56:00

210 views

वडामा रहेका सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने वडा अध्यक्ष बुढा ।।

कालिकोट: 


सान्नी त्रिवेणि गाउँपालिका वडा नं २ मा रहेका प्रतेक सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने वडा अध्यक्ष वसन्त बुढाले वताएका छन । वडा नं २ मा रहेका ४ वटा विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने बताए । 


उनले सामुदायिक विद्यालयमा देखिएको लापर्वाहिलाई अन्त्य गर्नका लागि र गुणस्तरिय शिक्षा लागू गर्नका लागि कम्प्यूटर शिक्षा आबश्यक रहेको वताए । उनले भने, अहिले यूग भनेको कम्प्यूटर यूग हो । हामिले यो यूगको महत्व बुझ्न आबश्यक छ । विद्यार्थिलाई किताबको ज्ञान मात्र नभएर व्यवहारिक ज्ञानमा पनि जाोड दिनु पर्ने बुढाले बताए ।


विभिन्न संघ संस्था सँगको समन्वय र गाउँपालिकाको सहयोगमा प्रतेक विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने बताए । यो आर्थिक वर्षमा बजेटको अभावले लागू गर्न नसकेपनि आगामि आर्थिक वर्षको बजेटबाट लागू गर्ने तयारि भइरहेको बताए । 


सामुदायिक विद्यालयमा पढ्ने बालवालिका आफ्नै बालवालिका हुन भन्ने सोचेर उनिहरुको भविस्य उज्वल बनाउनका लागि आफ्नो लगानि समेत गर्ने बताए । उनले बजेटको व्यवस्थापन हुन सकेन भने आफै लगानि गरेर भएपनि वडा भित्रका सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा लागू गर्ने प्रतिवद्दता जनाएका छन । 


अहिले हरेक क्षेत्रमा कम्प्यूटर पढेको मात्र खोज्ने र विद्यालयमा पनि शिक्षाको रुप बदल्नका लागि यो शिक्षा आवश्यक रहेको बताए । प्रतेक कक्षा कोठामा प्रोजेक्ट मार्फत विभिन्न ज्ञानका कुरा सिकाउने वातावरण मिलाउने बुढाले बताएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर