Breaking News

सान्नी त्रिवेणी पाँचले सुपथ मूल्य पसल संचालन गर्ने ।।

Sep Tue 2022 02:54:54

139 views

सान्नी त्रिवेणी पाँचले सुपथ मूल्य पसल संचालन गर्ने ।।

कालिकोट : 


जिल्लाको सान्नी त्रिवेणि गाउँपालिका वडा नं पाँचले सुपथ मूल्य पसल संचालन गर्ने तयारि गरेको छ । विभिन्न समयमा नागरिकहरु महंगिको मारमा परिरहेको बताउदै वडा अध्यक्ष रामराज बमले वडामा सुपथ मूल्य पसल संचालन गर्ने बताएका छन ।


वडा नं ५ का नागरिकहरुलाई अन्य बजारको मूल्य भन्दा सस्तो मुल्यमा खाद्य खुद्रा सामान किन्न सहज होस भनेर सुपथ मूल्य पसल संचालन गर्ने तयारि गरेको वडा अध्यक्ष बमले बताए । सुपथ मूल्य पसल संचालन गर्नका लागि अहिले नीति नियम र यसको कार्यविधि वनाउनका लागि विभिन्न निकाय सँग छलफल थालेको वताए । 


सुपथ मूल्य पसललाई कसरी संचालन गर्दा पारदर्शि र नागरिकहरुको हितमा हुन्छ भन्ने बिषयमा विभिन्न व्यक्ति तथा निकायसँग परामर्श लिईरहेको छु । वडा अध्यक्ष बमले भने, नेपालगंजको मुल्यमा खाद्य खुद्रा सामान विक्रि गर्ने छौ । विभिन्न समयमा हरेक समस्याका कारण हुने मूल्य बैद्दि वाट नागरिकहरु हैरान भएका छन । यो पिडाबाट छुट्कारा दिनका लागि पनि यो पसल खोल्न आवश्यक छ । 


उनले वडा नं ५ को रिङरोडलाई स्तर उन्नति गरि नाला सहितको सडक निर्माण गर्ने वडा अध्यक्ष बमले बताए । उनले पालिकाको बजेटले मात्र नपुग्ने भन्दै संघ र प्रदेशमा पनि बजेट र याोजनाको लागि धाइरहेको उनले बताए । वडा नं ५ मा संचालनमा आएको प्राविधिक शिक्षालाई थप व्यवस्थित बनाउनका लागि बजेटको पहल गरिरहेको र दशैँ पछि भव्य रुपमा उद्घाटन गर्ने समेत बताए । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर