Breaking News

स्थानिय निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सान्नी त्रिवेणि गाउँपालिकामा संचालन ।।

Sep Mon 2022 12:22:33

156 views

स्थानिय निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सान्नी त्रिवेणि गाउँपालिकामा संचालन ।।

कालिकोट : 


जिल्लाको सान्नी त्रिवेणि गाउँपालिकामा स्थानिय निर्वाचित जनप्रतिनिधिहरुको लागि २ दिने  नेतृत्व विकास तालिम संचालन भएको छ । यूरोपिएन यूनियन, सहकर्मि समाज, दलित विकास समाज, दलित महिला केन्द्र नेपाल, आई एम स्विडिस डेभलपमेन्ट  पार्टनर र तेर दे जोमको आयोजनामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत २ दिने नेतृत्व विकास तालिम संचालन भएको हो । 


सान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसि( महेश) को अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा नं १ देखि ९ सम्मला वडा अध्यक्ष महिला वडा सदस्य दलित महिला केन्द्र नेपालको संस्थापक अध्यक्ष गौरा नेपालि लगायतको उपस्थितिमा निर्वाचित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास तालिम उद्घाटन भएको हो । 


वैशाख ३० गतेको स्थानिय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरुको काम कर्तव्य अधिकार र जनप्रतिनिधिले गर्नु  पर्ने काम र नागरिकहरु प्रति कसरी उत्तरदायि हुने भन्ने विषयमा नेतृत्व विकास तालिमको आयोजना गरिएको हो  । 


तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मोहन वहादुर केसि ( महेश ) ले समाजको अगुवा गर्ने जिम्मा नागरिकहरुले दिईसकेपछि अव अगुवा कसरी बन्ने नागरिकहरुले दिएको जिम्मेवारी कसरी पूरा गर्ने भनेर जनप्रतिनिधिको काँधमा आएको बताउनु भयो । उहाँले संसार बदल्नका लागि आफु वाट सुरुवात गर्नु पर्ने वताउदै यसका लागि सुशासन नै पहिलो आबश्यकता रहेको बताउनु भयो । निर्वाचित जनप्रतिनिधिले हरेक काममा र क्षेत्रमा सुशासन  कायम गर्न सकेमा सान्नी त्रिवेणि गाउँपालिकाको मुहार नै फेरिने बताउनु भयो । उहाँले पहिलो कुरा आफ्नो क्षमता विकास गरेर पालिका र वडाको विकास गर्नु पर्ने वताउनु भयो । यो २ दिने तालिममा सिकेका कुरालाई भोलिका दिनमा लागू गर्नु पर्ने बताउनु भयो । तालिमको संचालन सामुदायिक सहजकर्ता अमिता शाहिले गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर