Breaking News

आधुनिक माटोको भाडा बनाउनका लागि १ महिने अधारभुत तालिम रास्कोटमा संचालन ।।

Sep Sun 2022 10:50:56

68 views

आधुनिक माटोको भाडा बनाउनका लागि १ महिने अधारभुत तालिम रास्कोटमा संचालन ।।


कालिकोट----

जिल्लाको रास्कोट नगरपालिकाले आधुनिक माटोको भाडा बनाउनका लागि १ महिने आधारभुत तालिमको आजवाट उद्घाटन गरेको छ । परम्परागत रुपमा बनाउदै आएको माटोको भाडा बनाउने व्यवसायलाई आधुनिक तरिकाले संचालन गर्नका लागि १ महिने तालिमको उद्घाटन गरिएको हो । 

रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणले आज एक कार्यक्रमका विच १ महिने आधारभुत तालिमको उद्घाटन गर्नुभएको हो । विगत लामो समय देखि रास्कोट नगपालिका ३ कवलवाडाका स्थानियले आफ्नै घरमा हातले माटोको भाडा बनाउदै आएका थिए । परम्परागत देखि चलि आएको उक्त व्यवसायलाई आधुनिक तरिकाले संचालन गर्नका लागि र सहज रुपमा मेसीनवाट माटोको भाडा बनाउनका लागि यो १ महिने तालिमको आयोजना गरिएको रास्कोट नगरपालिकाले जनाएको छ । 

रास्कोट नगरपालिकाले लिएको एक नगर एक उधोग निति अनुसार वडा नं. ३ मा माटोको भाडा बनाउने तालिमको आयोजना गरि परम्परागत व्यवसायलाई आधुनिक तरिकाले संचालन गरि आय आर्जनमा बृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । माटो वाट वनेका भाडाहरुको महत्व समुदायमा अझै रहेको भएपनि माटो वाट भाडा बनाउने व्यवसाय लोप हुने अवस्थामा पुगेको थियो । 

लोप हुने अवस्थामा पुगेको व्यवसायलाई आधुनिक तरिकाले संचालन गर्नका लागि गाउँमै रोजगारी सिर्जना गर्नका लागि तालिम दिएर आधुनिक तरिकाले माटोको भाडा बनाउन लगाउने नगर प्रमुख धर्मराज शाही पोषणले बताउनु भयो । उहाँले उत्पादन भएको माटोको भाडा जिल्ला भन्दा वाहिर लगेर विक्री गर्नका लागि नगरपालिकाले पहल गर्ने बताउर्दै यो एक महिने तालिमवाट सिकेका कुरालाई व्यवहारमा लागु गरि आफ्नो जिविको पार्जन सँगै आर्थिक स्तर समेत बृद्धि गर्न आग्रह गर्नुभयो । 

रास्कोट नगरपालिकाले एक नगर एक उधोगको निति लिएर लोपउन्मुख अवस्थामा पुगेका व्यवसायलाई पहिलो प्राथमिकता दिएर नयाँ तरिकाले संचालन गर्ने उपप्रमुख मनिराज वरालले बताउनु भयो । उहाँले नगरपालिकामा रहेका वेरोजगार यूवालाई गाउँमै रोजगारी दिनका लागि यस्ता विभिन्न कार्यक्तम संचालन गर्दै जाने समेत बताउनु भएको छ । तालिमको उद्घाटनका नगर प्रमुख, उपप्रमुख सम्पुर्ण वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर