Breaking News

शुशासन नभए सम्म विकास नहुने वडा अध्यक्ष संज्यालको दावि ।।

Sep Sun 2022 10:32:31

311 views

शुशासन नभए सम्म विकास नहुने वडा अध्यक्ष संज्यालको दावि ।।


 कालिकोट---

सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा सार्वजनिक लेखा समितिका संयोजक नहकुल संज्याल (विराजमान) ले जव सम्म शुशासन कायम हुदैन तव सम्म विकास नहुने दावि गर्नु भएको छ । विकासको लागि शुशासन पहिलो आवश्यकता रहेको बताउदै विकासका हरेक काममा शुशासन हुनु पर्ने बताउनु भयो । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनवाट वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित भईसकेपछि आफुले शुशासनलाई पहिलो प्राथमिकता राखेर कामकाजलाई अगाढि बढाएको दावि गर्नुभयो । 

हरेक योजनाहरु पैशा कमाउने माध्यम मात्र वनेको र नागरिकहरुको आधारभुत आवश्यकता पुरा गर्ने तर्फ उन्मुख नरहेको भन्दै यसको अन्त्यका लागि शुशासन कायम गर्नका लागि आफुले वडावाट सुरु गरेको बताउनु भयो । असार मसान्तमा भुक्तानि हुने हरेक योजनाहरुको रकम अनुगमन गरेर सार्वजनिक सुनुवाई गरि लागत स्टामेट नागरिकहरुलाई जानकारी गराएर मात्र भुक्तानिका लागि सिफारीस गरेको वडा अध्यक्ष संज्यालले बताउनु भयो । 

कुनै पनि योजना पहुँच र पावर भएका व्यक्तिले मात्र पाउने र उपभोक्ता समिति पनि कोठा भित्र गठन गरि कोठा भित्र नै विल मिलाउने प्रवृतिको अन्त्य नभएसम्म कुनै पनि योजना पारदर्शि नहुने बताउनु भयो । उहाँले यो भन्दा पछि निर्माण हुने हरेक योजनाहरुको वडा अध्यक्षको रोहवरमा सार्वजनिक सुनुवाई नगरे सम्म भुक्तानिका लागि सिफारीस नगर्ने समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर