Breaking News

गाउँपालिका स्तरिय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गोष्ठि सम्पन्न ।।

Aug Sun 2022 11:48:28

572 views

गाउँपालिका स्तरिय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गोष्ठि सम्पन्न ।।

 कालिकोट-------

सान्नी त्रिवेणि गाउँपलिका भित्र रहेका स्वास्थ्य क्षेत्रको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा गोष्ठि सम्पन्न भएको छ ।पालिका भित्र रहेका  स्वास्थ्य चौकि र आधारभुत स्वास्थ्य चौकिवाट आर्थिक वर्ष २०७८/२०७९ मा प्रदान गरेका विभिन्न सेवा ,स्वास्थ्य संस्थाको भौतिक अवस्था ,जनशक्तिको अबस्था औषधिको उपलब्धता, औषधि तथा खोप ढुवानि लगायतका विषयमा समीक्षा गरिएको छ ।


सान्नी त्रिवेणि गाउँपालिकामा श्वास प्रस्वासका विरामि वढ्दो रुपमा देखिन्छन । पालिका भित्र रहेका  स्वास्थ्य चौकि र आधारभुत स्वास्थ्य चौकिवाट स्वास्थ्य सेवा लिनेहरुमा श्वास प्रस्वासका विरामि बढि आउने गरेको स्वास्थ्यकर्मिले वताएका छन । स्वास्थ्य चौकि मेहलमुडिमा आर्थिक वर्ष २०७८/०७९ मा मात्र १७९ जना श्वास प्रस्वासका विरामिले सेवा लिएको प्रमुख छत्र बमले बताउनु भयो । यसै अबधिमा स्वास्थ्य चौकि मुम्रामा २४९ जनाले सेवा लिएका छन ।  सान्नि त्रिवेणि गाउँपालिका भित्र रहेका स्वास्थ्य क्षेत्रको समीक्षा गोष्ठिमा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।  श्वास प्रस्वासका विरामि प्राय जसो वृदवुृदामा बढि देखिने गरेको तथ्याङकमा उल्लेख छ ।


 दोस्रोमा ग्यास्टिकका विरामिहरु वढि स्वास्थ्य संस्थामा आउने गरेका छन ।  सामाजिक विकास समिति संयोजक जय प्रसाद सिम्खाडाको अध्यक्षतामा संचालन भएको वार्षिक समीक्षा गोष्ठिको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि रहनु भएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष पार्वति शिंह संज्याल अतिथिमा प्रवक्ता रंगलाल देवकोटा स्वास्थ्य शाखा प्रमुख मीन बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।


 समीक्षा कार्यक्रममा बोल्दै उपाध्यक्ष पार्वति शिंह संज्यालले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्नु पर्ने पहिलो आबश्यकता रहेको बताउनु भयो । नागरिकहरुलाई सहज रुपमा सेवा दिनु स्वास्थ्यकर्मिको जिम्मेवारी र धर्म रहेको भन्दै स्वास्थ्य क्षेत्रमा पालिकाले आगामि आर्थिक वर्षमा आबश्यकता अनुसारको बजेट छुट्याउने बताउनु भयो ।


आबश्यकता अनुसार स्वास्थ्यकर्मिले चौविसै घण्टा नागरिकहरुको सेवामा खटिनु पर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि ( महेश ) ले बताउनु भयो । समयको व्यस्तताले पनि स्वास्थ्य क्षेत्रको विषयमा जानकारि लिन नपाएर यो आर्थिक वर्षको बजेट बिनियोजनमा केही समस्या भएको बताउनु भयो । आइसोलेसन अस्पतालमा तत्काल विशेषज्ञ सहितको डाक्टर ल्याउने तयारि भइरहेको अध्यक्ष केसिले बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र लापर्वाहि गर्ने र काम नगर्ने कर्मचारिको तलब भत्ता नै रोक्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मिलाई नम्र सरल र मायालु दयालु स्वरमा बोल्न र विरामिहरुलाई दया देखाउन आग्रह गर्नु भयो । 


कार्यक्रमको समापन गर्दै सामाजिक विकास समिति संयोजक जय प्रसाद सिम्खाडाले प्रभावकारि रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्नो जिम्मेवारिलाई सहि तरिकाले कार्यन्वयन गर्नु पर्ने बताउनु भयो । 


सान्नी त्रिवेणि गाउँपालिकामा ३९ जना स्वास्थ्यकर्मि रहेका छन । १ अस्पताल, ३ वटा स्वास्थ्य चौकि, ३ वटा सामुदायिक स्वास्थ्य इकाई, ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र १२ वटा अन्य रहेका छन । यस्तै १२ वटा स्वास्थ्य संस्थामा नै सडक पुगेको छ । पालिकाको वार्षिक स्वास्थ्य कार्यक्रमको प्रगति विवरण स्वास्थ्य शाखा प्रमुख मीन बहादुर बिष्टले प्रश्तुत गर्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर