Breaking News

कर्णाली प्रदेशमै पहिलो सेनिटरि प्याड भ्यान्डीङ मेसिन सन्चालनमा ।।

Aug Fri 2022 09:01:26

1047 views

कर्णाली प्रदेशमै पहिलो सेनिटरि प्याड भ्यान्डीङ मेसिन सन्चालनमा ।।

कालिकोटः ---

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा किसोरि संग उपाध्यक्ष कार्यक्रम अन्तरगत गाउँपालिकाका ७ वटा मा.बि बिद्यालयहरुलाइ सेनिटरि प्याड भ्यान्डीङ मेसिन हस्तात्रण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि सान्नी त्रिवेणी गाउँपालिकाको श्री पंचदेवल माध्यामिक बिद्यालमा अध्ययनरत छात्राहरुलाई स्मार्ट कार्ड बितरण गरि मेसिनको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

बिद्यायलय व्यवस्थापन अध्यक्ष हर्क ब.ऐडिको अध्यक्षतामा सन्चालन भएको सो कार्यक्रममा सान्नी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष पार्वति सिंह (संज्याल) को प्रमुख आथित्यता,कालिकोट जिल्ला सरकारि कार्यलयका वकिल श्रीराम ढकालको बिषेश आथित्यता, अधिवक्ता दमनराज, वडा नं.५ का नि. बर्तमान वडाध्यक्ष एवम् नेपालि कांग्रेस जिल्ला कार्य सम्पादन समितिका सदस्य नरेश बम, स्वास्थ्य संयोजक मिन ब. बिष्टको आथित्यता, बिभिन्न कार्यलयका प्रमुख एवम प्रतिनिधिहरु, सुरक्षा कर्मि पत्रकार बुद्धिजिवि, शिक्षक, बिद्यार्थि,लगायत सरोकारवालाहरुको उपस्थीती रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अधिबक्ता दमन ब.बमले यो कार्यक्रम पहिलो पटक देखेको र सनेको बताएका छन । यस्ता कार्यक्रम कालिकोटका सबै स्थानिय तहले लागु गर्न आवश्यक रहेको र यो कार्यक्रम लागु गर्दा छात्राहरुको शैशिक स्थितिमा सुधार आउनुका साथै स्थानिय तहमा हुने भ्रष्टचार समेत न्यूनिकरण हुने बताए । कतिपय स्थानिय तहले नेपाल सरकारले दिएको अनुदान समेत हिनामिना गर्ने र आवश्यक प्याडहरु बिद्यालयलाइ उपलब्द नगराउने पर्थाको अन्य हुने बताए ।

तस्तै स्वास्थ्य संयोजक मिन ब बिष्टले यो कार्यक्रम पहिले नै लागु गर्न खोजेको भएपनि बिभिन्न कारणबस लागु नभएको र कणर्ालिको रितिरिवाज अनुसार हरेक बिद्यायललाइ यो मेसिन अतिआवश्य भएको र यो सेवाले गर्दा अब छात्राहरुले मैनावारिको समयमा बिद्यालय जान नपाउने र शैक्षिक पठनपाठनमा आउने अवरोध सदाकालागि अन्य हुने बिश्वास ब्यक्त गरेका छन् । तेस्तै उक्त कार्यक्रममा बोल्दै जिल्ला सरकारि कार्यलयका वकिल श्रीराम ढकालले आफु जागिरको सिलसिलामा नेपालका बिभिन्न बिकसित र सुबिधासम्पन्न ठाउँहरुमा गएको तर यस्तो खालको मेसिन र यस्तो खालको प्रबृदि पहिलो पटक सुनेको र देखेको बताए ।

कालिकोट जस्तो दुर्गम जिल्लाको स्थानिय तह सान्नी त्रिवेणी गाउँपालिकाले यस्तो प्रभावकारि कार्य गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष पार्वति सिंह संज्याललाई सधन्यवाद सहित खुसि ब्यक्त गरे । यस्तो कार्यलाइ अन्य स्थानिय तहले पनि छिटो र छरितो संचालन गर्न सके राम्रो र प्रभावकारि हुने बिस्वास ब्यक्त गरे । तेस्तै कार्यक्रमका प्रमुख अथिति तथा सान्नी त्रिवेणी गाउँपालिकाकि उपाध्यक्ष पार्वति सिंह (सज्याल) ले मैनावरिको समयमा कणर्ालिका छात्राहरुले झेल्दै आएका समस्याहरु आफु पनि नारि भएको हैसियतले यस्ता समस्याहरु झेल्दै आएको हुनाले यो कार्यक्रम लागु गरेको बताइन् ।छोरिलाई पढाऔँ,छारीलाई अगाडि बडाऔँ भन्ने नाराका साथ यो कार्यक्रम लागु गरेको र यस कार्यक्रमले छात्राहरुको बिग्रदो शैक्षिक स्थिति र मैनावारि भएको बेला कतिपय छात्राहरु बिद्यायनै नजाने बिद्यायलय गैहाले पनि त्यहाँका शिक्षक शिक्षिकासंग आफ्ना समस्याहरु दर्साउन लजाउने, प्याडहरु माग्न नसक्ने, बिद्यालयबाट भागेर घरजानु पर्ने जस्ता समस्याहरु आउन नदिन यो कार्यक्रम लागु गरिएको बताइन् । अबका दिनहरुमा मैनावारिलाइ सहजरुपमा लिन अत्याधुनिक भ्यान्डिङ मेसिनका साथ स्मार्ट कार्ड( एटिएम) बितरण गरेका छौ जसले मैनावारिका बेला आफ्ना समस्याहरु अरु कसैलाइ नभनि यो समस्या मेसिनको मदतबाटै हल गर्न सकिने बताइन ।  उक्त कार्यक्रमले सान्नी त्रिवेणीका सम्पुणर् छात्राहरुको शैक्षिक अबस्था सुधार हुनुका साथै बिद्यालयहरुमा छात्राहरुको व्यापक उपस्थिति हुने र परम्परागत बन्देजहरुको निराकरण हुने बिस्वास ब्यक्त गरेकी छन ।

उक्त कार्यक्रमलाई समापन गर्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम सभाध्यक्ष हर्क ब.ऐडि (तिर्थ) ले  आफुले कहिलै नदेखेको र नसुनेको अति उपयोगि साधन बिद्यालयलाई हस्तात्रण गरेकोमा धन्यवाद व्यक्त गर्दै यस्ता नयाँ र प्रभाकारि कार्यमा आफु सदैभ सहम रहने बताए । तेस्तै सोहि बिद्यालयकि छात्रा सर्मिला संज्याल र कल्पना लुुवारले स्मार्ट कार्ड पाउदा निकै खुसि भएको र उक्त कार्ड प्रयोग गरेर हातैमा स्यानिटरिप्याड पाउदा एकदमै सजिलो महसुस भएको बताएकि छन् । दुरदराजमा यस्तो प्रभावकारि र सुबिधा सम्पन्न प्रबृदिको जडान गर्दा स्थानिय अबिभावक हरु निकै खुसि भएका छन्। उक्त प्रबृदि  रेड इन्टरनेशनल कम्पनिले बजारमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर