कालिकोट------
बडिमालिका आस्थाको धरोहर हो । प्राकृतिक सुन्दरताले भरिपुर्ण त्रिवेणी पाटन, अनि ४ हजार २ सय मिटर उचाईमा रहेका अग्ला अग्ला फाँटहरु, पाटनहरु फुलेका रङ्गी विरङ्गी फुलहरु, हजारौँको संख्यामा देखिने भेडाका बथान घोडाका वथानहरु, लाग्छ धर्तिको स्वर्ग नै बडिमालिका त्रिवेणी पाटन हो ।
आँखाले नियाल्न समेत नसकिने त्रिवेणी पाटनका विसाल फाँटहरु, साउनको खेत जस्तै देखिने दृश्यहरु कसैले हातले नै बनाईदिएका हुन जस्तो लाग्ने । जति हेरेपनि नअघाउने त्रिवेणी पाटन, जति रमाउदा पनि नपुग्ने, २२ पाटन क्षेत्रको घुम्नपनि नथाक्ने, त्यहाँ पुग्नेहरुले स्वर्गको रुपमा नै लिन्छन । त्यहाँ पुग्न पनि त्यति सजिलो छैन ।
सान्नी त्रिवेणी गाउँपालिकावाट करिव २ दिनको पैदल यात्रामा त्रिवेणी पाटन पुग्न सकिन्छ । करिव ३० किलोमिटर बढि उकालो वाटोमा न आराम गर्न मिल्ने चौतारा छन, न बास बस्नका लागि भौतिक संरचना निर्माण भएका छन । बनाएका भौतिक संरचना पनि भत्किसकेका छन । शौचालय खानेपानि होटल वास त टाढाको कुरा हो । त्रिवेणी पाटन र बडिमालिका मन्दिरमा आगो वाल्नका लागि दाउरा समेत लिन निकै गाह्रो छ ।
तर जति दुख भएपनि बडिमालिका मन्दीर पुग्दा र त्रिवेणी पाटन घुम्दा सबै दुख हराउछन । प्रकृतिले भरिएको एक अनुपम सुन्दर धार्मिको आस्थाको धरोहर प्रशिद्ध धार्मिक तथा पर्यटकिय स्थल त्रिवेणी पाटनको प्रचार प्रसारका लागि सान्नी त्रिवेणी गाउँपालिकाले बृत्तचित्र बनाउने भएको छ । बडिमालिका मेलाको अवसर पारेर गाउँपालिकाले त्रिवेणी पाटनमा पुगेर त्यहाँका हरेक विषय वस्तु तथा स्थलगत रुपमा भिडियो लिएको छ ।
त्रिवेणी पाटनलाई पर्यटयिक हव बनाउनका लागि र यसको देश विदेसमा प्रचार प्रसार गर्नका लागि बृत्त चित्र( भिडियो डकुमेन्टी ) बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी (महेश ) ले बताउनु भयो । प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिर क्षेत्रमा पर्ने त्रिवेणी पाटन सान्नी त्रिवेणी गाउँपालिकाको हो भन्ने कुरा पनि आभाष दिलाएको उहाँले बताउनु भयो ।
बडिमालिका मेलाको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो ठाउँको पहिचान दिनका लागि र त्यो भुमि सान्नी त्रिवेणी गाउँपालिकाको हो भनेर चिनाउनका लागि त्रिवेणी नदिमा कार्यक्रमको आयोजना गरेको थियो । त्रिवेणी पाटनलाई प्रचार प्रसार गरि पर्यटकिय हवको रुपमा प्रवद्धन गर्नका लागि गाउँपालिकाले बृत्तचित्र बनाउन लागेको केसीले बताउनु भयो ।
उहाँले भन्नुभयो, धार्मिक, सास्कृतिक, पर्यटकिय रुपमा पनि सम्पन्न छ । यसै क्षेत्रको पहिचान दिनका लागि र पर्यटकिय क्षेत्रको रुपमा प्रवद्धन गर्नका लागि हामीले बृत्तचित्र बनाउन लागेका हौँ । त्यहाँ पुगेपछि स्वर्ग पुगेको आनन्द महशुस हुन्छ । त्यहाँको दृश्यले नै मनमा भएका दुख पीडाहरु हराउछन । हामीले यस्तो क्षेत्रको पहिचान, प्रचार प्रसार गर्न सकैनौँ भने हामीले अरु के गर्न सकौँला । यस क्षेत्रको विकास र प्रबद्धनमा स्थानिय सरकारले मात्र गर्न नसक्ने हुँदा प्रदेस सरकार र संघिय सरकारको ध्यानकर्षण गराउनका लागि वृत्तचित्र बनाउन लागेको अध्यक्ष केसीले बताउनु भयो ।
कर्णाली प्रदेस सरकारको सहयोगमा त्रिवेणी नदिमा ७ करोडको लागतमा मन्दिर, सौचालय, धारा, र तलाउ र अन्य संरचना निर्माण हुन लागेको उहाँले बताउनु भयो । त्रिवेणी पाटनको सौन्दर्यलाई मात्र प्रचार प्रसार गर्न सकेमा सान्नी त्रिवेणी गाउँपालिकाले पर्यटकिय क्षेत्रवाट नै राम्रो आम्दानि गर्न सक्ने उहाँको भनाई छ ।
सान्नी त्रिवोण्ी गाउँपालिकाले यस पटक त्रिवेणी नदिमा ४० वटा अस्थायी सौचालय निर्माण गरेको उपाध्यक्ष पार्वति शिंहले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाले त्रिवेणी पाटनलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्धन गर्नका लागि र यसको पहिचान केन्द्र सम्म पुगाउनका लागि पालिकाको सिंगो टिम उक्त क्षेत्रमा पुगेको शिंहले बताउनु भयो । त्रिवेणी पाटन धार्मिक र पर्यटकिय रुपमा पनि महत्वपुर्ण रहेको हुँदा यसको प्रचार प्रसार र यसको संरक्षणको जिम्मा सान्नी त्रिवेणी गाउँपालिकाको रहेको उहाँले बताउनु भयो ।
त्रिवेणी पाटनको संरक्षण गरेर त्यहाँ पाईने बहुमुल्य जडिबुटीलाई मात्र व्यवस्थापन गर्न सकेमा राम्रो आम्दानि हुने गाउँपालिकाका प्रबक्ता रंगलाल देवकोटाले बताउनु भयो । भेडा वाख्रा घोडा पालनका लागि पनि राम्रो स्थान रहेकाले व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहन गरेर यस व्यवसाय तर्फ उन्मुख गराउन सके आम्दानिको श्रोत बढ्ने देवकोटाले बताउनु भयो ।
त्रिवेणी पाटनको प्रचार प्रसार र पर्यटकिय स्थलको रुपमा विकास र प्रवद्धन गर्नका लागि सवै रजानितिक दल एक भएर जानु पर्ने महिला नेतृ मिठ्ठु बम शाही (शैलेजा) ले बताउनु भयो । सबै राजनितिक दलका नेता कार्यकर्ताले यस क्षेत्रको विकास र प्रवद्धनका लागि लाग्नु पर्ने उहाँको भनाई छ ।
त्रिवेणी पाटन र बडिमालिका मन्दिरलाई पर्यटकिय तथा धार्मिक स्थलको रुपमा विकास गर्न सकेमा यसको पहिचान समेत लोप नहुने कतिपय बताउँछन । उक्त क्षेत्रसम्म पुग्नका लागि स्थानिय सरकार प्रदेस सरकार र केन्द्रीय सरकारले गोरेटो वाटो, बस्ने व्यवस्थाका लागि भौतिक संरचना, खानेपानि र शौचालयको व्यवस्था गरिदिन माग गरेका छन । बडिमालिका र त्रिवेणी पाटनलाई पर्यटकिय स्थलको रुपमा केन्द्रीय सरकारले घोषणा गर्नु पर्ने त्यहाँ पुग्ने भक्तजनहरुको माग छ ।