Breaking News

सान्नी त्रिवेणि गाउँपालिकाद्वारा सामुदायिक विद्यालय, स्वास्थ्य चौकि र वडा कार्यालयको अनुगमन ।

Aug Mon 2022 01:28:48

555 views

सान्नी त्रिवेणि गाउँपालिकाद्वारा सामुदायिक विद्यालय, स्वास्थ्य चौकि र वडा कार्यालयको अनुगमन ।


कालिकोट----

सान्नी त्रिवेणि गाउँपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकिको अनुगमन थालेको छ । गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेस) गाउँपालिका प्रवक्ता रंगलाल देबकोटा , वडा नं ९ का अध्यक्ष नरपती तिरुवा , वडा नं ८ का अध्यक्ष नौलाशिंह बुढा वडा सदस्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक  लगाएतको सहभागितामा आज डाफे मावि मुम्रा, ज्ञान ज्योति आधारभुत विद्यालय बालुपाटा, लालिगुराँस आवि डाडुँके, वडा नं ८र ९ को वडा कार्यालय स्वास्थ्य चौकि मुम्रा र वर्थिङ सेन्टरको अनुगमन गरिएको हो । शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि विध्यालयको भौतिक अबस्था, शैक्षिक अबस्था, फिल्ड, शौचालय , खानेपानि, शिक्षक दरबन्दि लगायतको अनुगमन गरिएको हो । 


डाफे मावि मुम्राको निर्माणधिन ९ कोठे ३ वटा पक्कि भवनको अनुगमन गरिएको छ । साथै फिल्डको अबस्था लगाएतका कुराको अनुगमन गरिएको हो । डाफे मावि मुम्रामा कक्षा ९ मा १४६ जना विद्यार्थिलाई एउटै कक्षाकोठामा पठन पाठन गराउन समस्या भएको प्रधानाध्यापक हिरामणि सिम्खाडाले बताए । उनिहरुलाई सेसनमा विभाजन गरेर पठन पाठन गराउनका लागि कक्षा कोठाको व्यवस्थापन तथा शिक्षकको व्यवस्थापन गर्न माग गरे । कक्षा १ लाई अंग्रेजि माध्यमवाट पठन पाठन गराउन सके गुणस्तरिय शिक्षा कायम गर्न सहज हुने उनको भनाई छ । यस्तै सौचालयको व्यवस्था, ३ जना शिक्षक थप फिल्डको पर्खालमा जालिको व्यवस्था गर्नु पर्ने बताईएको छ । विद्यालयको शैक्षिक स्तर सुधार हुँदै गएको उनले वताय । गाउँपालिकाले थोरै लगानिमा  प्राविधिक शिक्षा निशुल्क गर्न सके सहज हुने र नयाँ शन्देस प्रवाह हुने प्रधानाध्यापक सिम्खाडाले बताए । उक्त  विदयालयमा जम्मा शिक्षक १९ जना र जम्मा ६१४ जना विद्यार्थी अध्ययन गरिरहेका छन । स्वास्थ्य चौकि मुम्रामा औषधिको अभाव रहेको , उज्यालोको अभाब , सुत्केरिलाई कुरुवाको बस्ने कोठाको अभाब रहेको स्वास्थ्य चौकि प्रमुख सुदर्शन बमले बताए । यस्तै अनुगमनको क्रममा विज्ञान ज्योति आधारभुत विद्यालयमा शिक्षकको लापर्वाहि देखिएको छ । विद्यार्थी कम आएको भन्दै १२ बजे नै बन्द  गरेर  घर फर्किएको पाईएको छ भने विद्यालय बन्द अबस्थामा रहेको थियो । कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा १५१ जना विद्यार्थी रहेकोमा कार्यालय सहयोगि सहित १० जना शिक्षक छन । विद्यालय भवन जिर्ण अबस्थामा छ भने   खानेपानि फिल्ड निर्माण र फर्निचरको आवश्यकता रहेको शिक्षक गणेश बहादुर बुढाले बताए ।


कसैको रिपोर्टको र भरमा नपरेर आफै पालिकाका सम्पुर्ण सामुदायिक बिद्यालय स्वास्थ्य संस्थामा पुगेर  बिद्यालयको अबस्था र अनुभवलाई अनुगमन गर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेस) ले बताए । शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि प्रतेक विद्यालयको समस्या के के छ यसको समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानाध्यापक  विव्यस शिक्षक सँग छलफल गरेको उनले बताए । आफुले अनुगमन नगरि अरुले बढाई चढाई गरेको भरमा काम गर्दा पारदर्सि नहुने र शिक्षामा परिवर्तन ल्याउन नसकिने हुँदा आफै अनुगमनमा पुगेको केसिले बताए ।  गुणस्तरिय शिक्षाको लागि शिक्षकले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउदै शिक्षकले राजनितिमा नलागि आफ्नो कर्तव्यलाई ध्यान दिन निर्देशन दिए । विद्यालयका समस्या के छन । कसरी व्यवस्थापन गरिएको छ । समस्या के के छन भनेर अनुगमन गरेका छौ । उनले भने, यी समस्यालाई लियर गाउँ कार्यपालिकाको वैठकमा पेश गरि तत्काल समस्या समाधान गर्ने बताए । भौतिक संरचना निर्माणमा पालिकाले ध्यान दिने भन्दै अन्य पठन पाठनको कुरामा शिक्षकले जोड दिनु पर्ने बताए । 

सबै सामुदायिक विद्यालयको अनुगमन गरेर सिकाई र अनुभवलाई आदान प्रदान गरि शिक्षामा परिवर्तन ल्याउने गाउँपालिका प्रवक्ता रंगलाल देवकोटाले वताए । शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि शिक्षकले आफ्नो काम कर्तब्यलाई ध्यान दिई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर