Breaking News

नेपाल बार एशोसिएशन जिल्ला बार इकाई कालिकोटको अध्यक्षमा शाही चयन ।।

Jul Sat 2022 12:49:36

136 views

नेपाल बार एशोसिएशन जिल्ला बार इकाई कालिकोटको अध्यक्षमा शाही चयन ।।

अनिता भारती, कालिकोट ----

 नेपाल बार एशोसिएशन जिल्ला बार इकाई कालिकोटको पाँचौ अधिबेशनले जिल्ला अध्यक्षमा अम्मलराज शाहीलाई चयन गरेको छ । । कानूनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता भन्ने मुल नाराकासाथ नेपाल बार एसोसियसन जिल्ला बार इकाइ कालिकोटको पाँचौ जिल्ला अधिबेशन सदरमुकाम मान्म स्थित होटल मदनको शभाहलमा शनिबार उद्घाटन भएको अधिबेसनले शाहीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।


जिल्ला बार इकाई कालिकोटका निवर्तमान अध्यक्ष दमनराज बमको अध्यक्षता, माननीय संबिधान सभा सदस्य तुलराज बिष्टको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति कालिकोटका समन्वय प्रमुख धनजित शाहीको विशेष आतिथ्यतामा कार्यक्रम उद्वघाटन भएको थियो।


कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश सचिबालय सदस्य रमेश शाही, नेपाली काँग्रेस प्रदेश प्रवक्ता दमन बहादुर शाही, नेकपा समाजबादिका जिल्ला उपाध्यक्ष चित्रसिंह गाउले, राप्रपा प्रदेश उपाध्यक्ष धनबहादुर बटाला, जनता समाजबादिका नरेन्द्र बहादुर शाही, नेपाल मजदुर किसान पार्टिका जिल्ला सचिब धन्जय अधिकारी, लगाएतका राजनितीक दलका प्रमुख एवं। प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाही ९ आकाश ०, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष, भरतराज बिष्ट, ईन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, गैसस महासंघका पुर्व केन्द्रीय सदस्य जजराज शाही, रेडक्रस पुर्व सभापति कटक शाही, उधोग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही, लगाएतका अतिथि हरुको सहभागितामा कार्यक्रम सञ्चालन भएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर