Breaking News

साना जलविधुत आयोजना पोत्मारालाई सुचारु गर्न अध्यक्ष केशि पुगे मन्त्रालय, तत्काल निर्माण कार्य सुचारु गरिने ।।

Jul Sat 2022 07:18:53

231 views

साना जलविधुत आयोजना पोत्मारालाई सुचारु गर्न अध्यक्ष केशि पुगे मन्त्रालय, तत्काल निर्माण कार्य सुचारु गरिने ।।


कालिकोट-------

विगत लामो समय देखि बन्द अवस्थामा रहेको पोत्मारा जलविधुत आयोजनालाई पुन सुचारु गर्नका लागि सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केशि – महेशले नेपाल सरकारका उर्जा मन्त्रि पम्फ भुसाल सँग भेटेका छन । कालिकोट जिल्लाको सबै भनदा ठूलो जलविधुत आयोजना सुनार खोलामा र सान्निगाड खोलामा आएको वाढि पहिरो नहरको मुहान र पावर हाउसमा क्षति पुगाएपछि लामो समय देखि बन्द रहेको छ ।


कालिकोट जिल्लाको सान्नि त्रिवेणी, रास्कोट नगरपालिका, खाडाचत्र, नगरपालिकामा विधुत सेवा दिदै आएको आयोजनामा वाढि पहिरोले क्षति पुगाएपछि कालिकोट अन्धकार जस्तै बनेको थियो । राष्टिय प्रशारण लाईन जोडियपनि विधुत आउने र जाने कारणले नागरिकहरु हैरान भएका छन ।बैशाख ३० गतेको स्थानिय तह निर्वाचनमा सान्नि त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि केशिले उक्त आयोजना निर्माणका लागि उर्जा मन्त्रालय र नेपाल विधुत प्राधिकरणको कार्यालयमा पुगेर तत्काल सुचारु गर्नका लागि माग गरेका हुन ।


उनले उक्त आयोजना तत्काल निर्माण गरि अन्धकार कालिकोटलाई उज्यालो कालिकोट बनाउनका लागि आवश्यक सहयोग गरिदिन मन्त्रालय र प्राधिकरणको कार्यालयमा पुगेको बताएका छन । उर्जा मन्त्रि पम्फ भुसाल र नेपाल विधुत प्राधिकरणका उपनिर्देशक मनोज सिलवालले एक हप्ता भित्र केन्द्रीय ईन्जिनयर टोली पठाउने सहमित भएको अध्यक्ष केशिले बताएका छन । उनले उर्जा मन्त्रि र उपनिर्देशकले तत्काल प्राविधिक टोली पठाएर मुहानको नयाँ ढंगले प्राविधिक स्टोमट तयार गरि निर्माण कार्य सुचारु गर्ने बताएका छन ।


प्राविधिक स्टामेट तयार भईसकेपटि मन्त्रालयले आयोजना निर्माणका लासग वजेटको पनि तत्काल व्यवस्थापन गर्ने गरि सहमति भएको केशिले बताए । उक्त आयोजना निर्माण भएमा कालिकोट जिल्लाका ४ वटा पालिका तत्काल विधुतको पहुँचमा पुग्ने छन भने अन्य पालिकामा पनि विस्तार गर्न पहल थालिने बताइएको छ । निर्वाचित अध्यक्ष केशिले थालेको यो पहलका लागि सान्नि त्रिवेणी वासि मात्रै नभई कालिकोट जिल्लावासि पनि खुसि भएका छन ।  सान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केशिको नेतृत्वमा नेपाल बिधुत प्राधिकरण राष्टिय कर्मचारी यूनियनका सहसंयोजक खगेन्द्र बहादुर शाही, समाजसेवि बुद्धिजिवि व्यासि शाही, सागर विक सहितको टोली मन्त्रालयमा पुगेर तत्काल आयोजना निर्माण गर्न माग गरेका हुन । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर