Breaking News

यूवा स्वरोजगार देखि प्राविधिक शिक्षा लागु गर्न अध्यक्ष केशिले गरे सम्वन्धित मन्त्रालयसँग माग ।।

Jul Thu 2022 04:36:01

397 views

यूवा स्वरोजगार देखि प्राविधिक शिक्षा लागु गर्न अध्यक्ष केशिले गरे सम्वन्धित मन्त्रालयसँग माग ।।


कालिकोट----


सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केशि (महेश ) यति वेला गाउँपालिकाको समग्र विकास र निर्माणका लागि विभिन्न नियकायसँग समन्वय र भेटघाटमा व्यस्त देखिनु भएको छ । सान्नि त्रिवेणी गाउँपालिकाका वेरोजगार यूवालाई राजेगारी सृजना गर्नका लागि, शिक्षामा गणस्तर सँगै प्राविधिक शिक्षा लागु गर्ने, गाउँपालिकामा खेलमैदान र रंगशाला निर्माणको माग लिएर यतिवेला अध्यक्ष केशि मन्त्रालयमा पुग्नु भएको छ ।


हिजो मात्र अध्यक्ष केशिले सान्नि त्रिवेणी गाउँपालिकाका वेरोजगार यूवालाई रोजगारी सृजना गर्नका लागि र कुनै व्यापार व्यवसाय गर्नेहरुका लागि सस्तो र सहुलित ऋण उपलब्ध गराउने विषयमा मन्त्रिसँग भेटघाट गर्नु भएको छ । शिक्षा मन्त्रालय, रक्षा मन्त्रालय, खेलकुद मन्त्रालय र भौतिक तथा पुर्वाधार मन्त्रालयमा मन्त्रिहरुसँग भेटेर विभिन्न मागहरु राखेको अध्यक्ष केशिले बताउनु भयो ।


उहाँले सान्नि त्रिवेणी गाउँपालिकाका वेरोजगार यूवाहरु रोजगारीका लागि खाडि मुलुक र भारतका विभिन्न गल्लीमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सम्वन्धित मन्त्रिसँग भेटेर छलफल गरेको र राम्रै आश्वासन पाएको बताउनु भयो । उहाँले व्यार व्यवसाय गरि स्वरोजगार बन्नेलाई समेत सहुलियत रुपमा ऋण उपलब्ध गराउने विषयमा छलफल भएको बताउनु भयो ।


यस्तै उहाँले सान्नि त्रिवेणी गाउँपालिकामा एउटा रंगशाला निर्माणका लागि पनि खेलकुद मन्त्रिसँग कुराकानि भएको भएको यसै आर्थिक वर्षमा रंगशाला निर्माण कामको थालनि गर्ने कुरा भएको बताउनु भयो । यस्तै उहाँले गुणस्तरिय शिक्षा लागु गर्नका लागि शिक्षा मन्त्रालयका मन्त्रि सँग पनि भेटघाट गरि छलफल गरेको बताउनु भयो । 


गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा भौतिक संरचना अभाव भएका विद्यालयमा भौतिक संरचनाको माग गरेको उहाँको भनाई छ । साथै सान्नि त्रिवेणी गाउँपालिकामा प्राविधिक शिक्षा लागु गर्नका लागि सुचना प्रविधि र साईन्स ल्याव संचालन गर्ने विषयमा पनि छलफल भएको बताउनु भयो । उहाँले आफ्नो कुरामा शिक्षा मन्त्रि पनि सकरात्मक रहेको चाडै नै थालनि गर्ने विश्वास दिलाएको अध्यक्ष केशिले बताउनु भयो ।


गाउँपालिका अध्यक्ष केशिले सान्नि त्रिवेणी गाउँपालिकाका जनताहरुको आधारभुत आवश्यकता पुरा गर्नका लागि आफु दिन रात नभनि खटिने बताउनु भएको छ । उहाँले आफ्नो कार्यकालमा विकास र निर्माणका कुरावाट पछि नहट्ने बताउदै नागरिकहरुको आवश्यकता र गुनासो उचित सम्वोधन गर्ने बताउनु भएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर