बाजुरा-----
नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिती सदस्य साइमल ल्वार नेकपा एमाले प्रवेश भएका छन । जिल्ला कमिटी सदस्य ल्वार सहित बुढिनन्दा नगर पालिका वडा नम्बर ३ जैलु सिराडी टोल कमिटी सभापति पिरु बोहोरा, बुढिनन्दा कर्मचारी युनियनका नगर सचिब सिताराम बोहोरा समेत एमालेमा प्रवेश गरेका छ्न ।
बिगत लामो समय नेपाली काङ्ग्रेसमा रहेर काम गर्दै आएका भए पनि अहिले नेकपा एमालेको बिचार र नीति नै सहि रहेको नवप्रबेशी हरुको भनाई छ । एक कार्यक्रमका बिच आज नेकपा एमाले जिल्ला कमिटी उप सचिब जनक बोहोरा ,जिल्ला कार्यसमिति राजन रोकाय ,युवा नेता राम ब बोहरा नगर कमिटी अध्यक्ष जङ्गवीर रोकायले नव प्रबेशी लाई शिन्दुर लगायर स्वागत गर्नु भएको छ।