Breaking News

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु ।।

Jul Fri 2022 04:42:10

287 views

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु ।।

जुम्ला------

जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आज बिहान साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा आयोजनामा कार्यरत गोरक बहादुर रावतका ३० वर्षका श्रीमती बिमला रावत, छोराहरू ९ वर्षका भरत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार उनीहरू तीनैजना आयोजनाको पावर हाउसभित्र सुतेका थिए ।


बिजुली अवरुद्ध भएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताउनुभयो । प्रहरी राति नै घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर