Breaking News

बुढीनन्दा नगरपालिकाले संचालनमा ल्यायो हेल्लो मेयर कार्यक्रम ।।

Jul Wed 2022 01:53:35

238 views

बुढीनन्दा नगरपालिकाले संचालनमा ल्यायो हेल्लो मेयर कार्यक्रम ।।


रुकुम योगी, बाजुरा ------

बुढीनन्दा नगरपालिकाले हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका विच जन गुनासोहरुको सुनुवाईका लागि हेल्लो मेयर कार्यक्रम उद्घाटन गरिएको हो । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयरमा निवार्चित भएपछि नगर प्रमुख जनक कुमार वोहोरा हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याउने पहिलो निर्णय गर्नु भएको थियो ।

उक्त निर्णयको कार्यान्वयन गर्दै आज एक कार्यक्रमका विच हेल्लो मेय कार्यक्रम उद्घाटन गरिएको हो । बुढीनन्दा ननगरपालिका प्रति कुनै गुनासो वा सल्लाह सुझाव प्रतिक्रिया र केहि समस्या परेमा नगरपालिकाले संचालनमा ल्याएको टोल फ्री नम्बर १६६०९७५४००२ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । नागरिकहरुको गुनासो सम्बोधन गर्नका लागि र नगरपालिकालाई जनताप्रति उत्तरदायि बनाउनका लागि हेल्लो मेयर कार्यक्रम संचालनमा ल्याएको मेयर जनक कुमार वोहोराले बताउनु भयो । 

उहाँले यस नम्बरमा नगरपालिका भित्रका जुन सुकै नागरिकहरुले जनप्रतिनिधिसँग वा नगरपालिकाका कर्मचारीसँग कुनै गुनासो भएमा फोन गरेर टिपाउन आग्रह गर्नुभयो । उहाँले नगरपालिकावाट कुनै जानकारी लिन पर्ने भएकमा पनि सहज हुने उहाँको भनाई छ । नगरपालिकाले फोन उठाउन र नागरिकहरुको गुनासो टिपोट गर्नका लागि एक जना कर्मचारी राख्ने तयारी गरेको छ । नागरिकहरुका वाट आएका विभिन्न गुनासोहरु तत्काल नै सुनुवाई गर्ने वोहोराले बताउनु भयो । उहाँले यसले शुशासनको क्षेत्रमा समेत महत्वुपर्ण भुमिका पुग्ने बताउनु भयो ।


कार्यक्रम नगर उपप्रमुख राम बहादुर वोहोरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने, वडा नं. १ देखि १० सम्मका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर