Breaking News

वडा सरकार द्धारा २१ जना बालवालिकालाई शैक्षिक सामाग्री बितरण ।

Jul Sat 2022 11:34:50

485 views

वडा सरकार द्धारा २१ जना बालवालिकालाई  शैक्षिक सामाग्री बितरण ।


अनिता भारती, कालिकोट ----

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालीका वडा नं ३ का विपन्न परिवारका २१ जना  बालवालिकालाई वडा सरकार द्धारा शैक्षिक सामाग्री बितरण गरियको छ । वडा सरकारको आर्थिक सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको सहजिकरणमा जोखिममा रहेका बालवालिकालाई  वडा नं ३ का वडा  अध्यक्ष  कटक बहादुर बुढाले शैक्षिक सामाग्री हस्तान्तरण गरियको छ । 


बालवलालिकाको क्षेत्रमाकाम गर्ने संस्था सादा नेपाल द्धारा पहिचान गरियका जोखिम बालवालिकालाई एक कार्यक्रमका बिच बिद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई स्कुल झोला,डे«स र स्टेशनरी सामाग्री वडा अध्यक्ष द्धारा बितरण गरियको सादा नेपालका सामाजिक परिचालक जगदिस भण्डाराले बताउनु भयो ।


 शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष बुढाले वडामा आर्थिक अभावका कारण स्कुलमा जाने बालवालिका लाई स्कुल झोला,ड्रेस र स्टेशनरी सामाग्रीको समस्या हुन नदिन विपन्न बालवालिकालाई वडा सरकारको सहयोगमा शैक्षिक सामाग्री बितरण गरेको बुढाले बताउनु भयो । आजका बालवालिकालाई हामिले कोपिलाको रुपमा संरक्षण गर्नु हरेक जिम्मेवार नागरिकको दायीत्व भयकाले वडा पालिकामा रहेक अरु बालवालिकालाई पनि विभिन्न सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर