विस्न कार्कि, बाजुरा------
बुढीनन्दा नगरपालिका वडा नं. १ मा रहेको बाधु माध्यामिक विद्यालयले नव निर्वाचित नगर प्रमुख जनक कुमार वोहोरालाई स्वागत तथा सम्मान गरेको छ । शोमवार एक कार्यक्रमको आयोजना गरि विद्यालय परिवारले नगर प्रमुख वोहोरालाई स्वागत तथा सम्मान गर्नुका साथै विद्यालयको समस्याहरुका वारेमा नगर प्रमुखलाई जानकारी गराएका छन ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थिले नगर प्रमुख वोहोरालाई सम्मान गर्दै विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा समेत जानकारी गराएका थिए । नगर प्रमुख वोहोराले शिक्षा, स्वास्थ्य, खानेपानि, सस्कृति, पर्यटन र विजुलीलाई पहिलो प्रथमिकतामा राखेर आगामि आर्थिक वर्षको वजेट ल्याउने बताउनु भयो ।
बाधु मावि विद्यालयले विद्यालयमा खानेपानि, सार्वजनिक सौचालय, र शान्ति सुरक्षाको माग गरेका छन । नगर प्रमुखले विद्यालयले गरेको माग आगामि आर्थिक वर्षमा नै पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नगर प्रमुख वोहोराले प्रसिद्ध पादुका त्रिवेणी धामको अवस्था अवलोकन र भारतीकौषाडि वजारको अवस्था र वाँधु स्वास्थय चौकीको अवस्थाका विषयमा समेत अनुगमन गर्नुभएको छ । उहाँले पसिद्ध पादुका ज्ञिवेणी धामलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने, स्वास्थ्य चौकी र विद्यालय र वजारमा देखिएको समस्यालाई समाधान गर्न नगरले पहल गर्ने र आ आफ्नो क्षेत्रमा विषयगत शाखाले पनि पहल गर्ने बताउनु भएको छ ।
उहाँले वाधु स्वास्थ्य चौकीको अनुगमन गर्दै स्वास्थ्य चौकी प्रमुखवाट त्यहाँ भएका विभिन्न समस्या र समस्या समाधानका उपाएका वारेमा पनि जानकारी लिनु भएको छ । यस्तै भारति कौषाडि वजारका व्यापारीहरुले वजारको अवस्थाका वारेमा जानकारी गराएका थिए भने पादुका त्रिवेणी धामका पुजारीले पादुकाको ऐतिहासिक महत्ववारे नगर प्रमुखलाई जानकारी गराउदै पादुका त्रिवेणी धामलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि नगरपालिकावाट विशेष पहल गर्न पनि गर्न आग्रह गर्नुभएको छ ।
नगर पम्रुख जनक कुमार वोहोराले पादुका त्रिवेणी धामलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । उहाँले खानेपानि, सार्वजनिक सौचालय, वस्ने धर्मशाला, मन्दिर निर्माण लगायतका कुरामा जोड दिने बताउनु भएको छ । अनुगमनको क्रममा नगर प्रमुख जनक कुमार वोहोरा, वडा नं. १ का वडा अध्यक्ष मान बहादुर कार्कि, कार्यपालिका सदस्य हिक्मत वड, समाजसेवि रामलाल कार्कि, नागरिक समाज समाजसेवि सर्पलाल गिरी लगायतको सहभागितामा अनुगमन गरिएको हो ।