Breaking News

शान्नि त्रिवेणी गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामि आवको वजेट ल्याउदै ।।

Jun Mon 2022 07:06:39

752 views

शान्नि त्रिवेणी गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामि आवको वजेट ल्याउदै ।।

अनिता भारती, कालिकोट-----


कालिकोट जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले यहि १० गते गाउँ सभा गर्ने निर्णय गरेको छ । आगामि आर्थिक वर्ष २०७९।०८० को वजेट ल्याउने तयारीको गाउँपालिका रहेको छ । देशभरिका ७ सय ५३ वटै स्थानिय तह वजेट ल्याउने तयारीमा रहेका छन । २०७४ सालमा निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिले पहिलो प्राथमिकता सडकलाई दिएका थिए । 


बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पनि विकासमुखि वजेट ल्याउने तयारी गरिरहेका छन । यसै क्रममा शान्नि त्रिवेणी गाउँपालिकाले पनि विकास मुखि र जनतामुखि वजेट ल्याउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केशिले बताउनु भयो । उहाँले आफ्ना आसेपासेलाई र कार्यकर्ता मुखि नभएर विकासमुखि र जनतामुखि वजेट ल्याउने बताउनु भयो ।


उहाँले आगामि आर्थिक वर्षमो वजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेर १० गते वजेट प्रश्तुत गर्ने बताउनु भयो । उहाँले कृषि, स्वास्थ्य र शिक्षा नै पहिलो प्राथमिकता रहेको बताउदै यसै विषयमा वजेटलाई प्राथमिकता दिने बताउनु भयो । उहाँले शान्नि त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि कृषि, शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता रहेको अध्यक्ष केशिले बताउनु भयो । 


कृषि उत्पादनमा बृद्धि, कृषि आधुनिकिकरण, विउ विजन, कृषक प्रोत्साहन, कृषि औजार, अर्गानिक कृषि वालि, सिचाई, लाई पहिलो प्राथमिकता राखेको बताउनु भयो । यस्तै उहाँले गाउँपालिकालाई विकासको गतिमा लिनका लागि स्वास्थ्य र शिक्षा पनि अपरिहार्य रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा पनि लगानि गरि गाउँपालिकामा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नका लागि वजेटमा समेट्ने अध्यक्ष केशिले बताउनु भएको छ । 


उहाँले आफु निर्वाचनको वेला जनताको माझ जाँदा गरेका वाचा तथा घोषणा पत्रका बुँदामा नै कृषि, स्वास्थ्य, शिक्षा पहिलो प्राथमिकतामा राखेर गएको हुँदा अहिले तिनै कुरालाई पुरा गर्न लागिपरेको बताउनु भयो । उहाँले सँग सँगै सडक, खानेपानि, विधुत, संचार, पर्यटन, भौतिक पुर्वाधार, महिला, वालवालिका, दलित, अल्पसंख्यक, एकल महिला लगायतका विषयलाई पनि समेटेर वजेट ल्याउने बताउनु भयो । उहाँले शान्नि त्रिवेणी गाउँपालिकाको समृद्धि र विकासका लागि कस्ता योजना तथा कुन कुरामा वजेट ल्याउने भन्ने विषयमा पनि विभिन्न व्यक्ति राजनितिक दलहरुसँग समन्वय र सहकार्य गरिरहेको बताउनु भयो । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर