रास्कोट नगरपालिका ३ ले कुनै पनि सिफारिसमा शुल्क नलिने ।।
May Thu 2022 02:20:01
220 views
अनिता भारती कालिकोट------
रास्कोट नगरपालिका वडा न ३ का वडा अध्यक्षले आफ्नो कार्यकाल भरि वडा कार्यालयवाट प्रदान गरिने सवै सिफारिस निशुल्क गर्ने घोषणा गरेका छन । वैशाख ३० गते भएको स्थानित तहको निर्वाचनमा वडा अध्यक्षमा जितेपछि पद वहालि गर्दै नव निर्वाचित वडा अध्यक्ष राजेन्द्र नाथ योगीले उक्त निर्णय गरेका हुन ।
स्थानिय तह निर्वाचन २०७४ मा नेकपा एमालेवाट वडा अध्यक्ष पदमा उम्मेद्वार उठेका योगि झिनो पतले पराजित भएका थिए । यसपालिको स्थानित तह निर्वाचनमा गोला प्रथा वाट बिजयी भएका हुन ।
योगीले आफ्नो कार्यकालमा पैशाको अभावले वडावाट सिफारिस समेत लिन नसक्ने अती गरिब विपन्न नागरिकहरुका लागि राहत हुने बताए । उनले जनताको करवाट आफुले मस्ति नगर्ने जनतालाई सिफारिस लिनका लागि तिर्नु पर्ने शुल्क समेत हटायर निशुल्क सिफारिस गरिने बताए ।
आफुले जनताको अमूल्य मत पाएर वडा अध्यक्ष बनेको र वडावासिलाई कुनै पनि समस्यामा पर्न नदिने बताए । वडा न ३ को समग्र विकासका लागि आफू सेवक बनेर रात दिन नभनि काममा खटिने प्रतिबद्दता जनाएका छन ।